पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

डोटी : डोटीको पूर्वीर्चाकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ । मंगलबार बिहान साढे ११ बजेतिर खड्काको कार्यकक्षमै गएर हातपात गरेको बताइएको छ ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै हातपात गरेको जनाइएको छ।  उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ।

हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको जनाइएको छ । हातपातपछि कठायत फरार रहेको बताइएको छ । दोषिमाथि कडा कारवाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामकाज बन्द गरिने गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.