पञ्जाबको मुख्यमन्त्रीमा भगवन्त मानले आज सपथ लिने

पञ्जाबको मुख्यमन्त्रीमा भगवन्त मानले आज सपथ लिने

पञ्जाब : आम आदमी पार्टीका नेता भगवन्त मानले आज पञ्जाबको मुख्यमन्त्रीको सपथ लिने भएका छन् । भगवन्त मानको सपथ ग्रहण समारोह पञ्जाबको नवानसहरस्थित भगत सिंहको जन्मभूमि खटकर कलानमा हुनेछ।

कार्यक्रममा कोही भिआइपीलाई निमन्त्रणा नगरिएको खबर बीबीसीमा छ । उक्त कार्यक्रममा उपस्थित हुन सर्वसाधारणलाई अपिल गरिएको छ । तर, यो सपथ ग्रहण समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सहभागी हुनेछन् ।

सोही क्रममा पञ्जाबका गभर्नर बनवारीलाल पुरोहित पनि सपथ लिन खटकर कलान पुगेका छन् । 

भगवन्त मानले आफ्नो सपथ ग्रहण समारोहमा पुरुषलाई पहेँलो पगडी र महिलाले पहेँलो सल लगाउन आग्रह गरेका छन् । भगत सिंहको पहेँलो पगडीलाई ध्यानमा राखेर यो अपील गरिएको हो । भगवन्त मान आफैं पनि पहेँलो पगडी लगाउँछन् । 

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमत ल्याएको छ । पार्टीले पञ्जाबमा ११७ सिटमध्ये ९२ सिट जितेको थियो । योसँगै कांग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट पाएका छन् ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.