युद्धमा १३ हजार ५०० बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी

युद्धमा १३ हजार ५०० बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी

किभ : रूसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ। 

रूसले यस सम्बन्धमा युक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्त्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भनेजति सङ्ख्यामा युक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ। 

युक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन्। 

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको मङ्गलबार २० दिन पुगेको छ। 

यसैबीच युक्रेनी राजधानी किभमा रूसी सेना प्रवेश गरेपछि युद्धमा सर्वसाधारणको मृत्यु नहोस् भनी सहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ (चैत्र ३) गतेसम्मका लागि थप गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.