आरोप प्रमाणित गर्न गाउँपालिका प्रमुखको चुनौती

आरोप प्रमाणित गर्न गाउँपालिका प्रमुखको चुनौती

विराटनगर : मोरङको कटहरी गाउँपालिकाका प्रमुख राम कुमार कामतले आफू माथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। पछिल्लो समय कटहरी गाउँपालिका प्रमुख कामतले आफू खुशी आर्थिक अपचलन गर्न संस्थागतरुपमा भ्रष्टचार गरेको भन्दै माओवादी केन्द्रले आरोप लगाउदै आएका छन्। 

आफू माथि लगाएको आरोपको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानु पर्नेमा चरित्र हत्या गर्न उद्धेश्यले माओवादी केन्द्र कटहरी गाउँपालिका अध्यक्ष एवं वडा नम्बर २का वडा अध्यक्ष किशोर पाण्डेले राजनीतिक प्रोपगन्डा गर्न लागेकाले मानमाहीको मुद्दा दिने तयारी गरेको बताए ।

उनले भने –‘मैले भ्रष्टचार गरेको पाइएको छ भने अख्तियार जानुस तर सम्बन्धीत निकायमा नगएर गलत प्रचारबाजी गरेर चरित्र हत्या गर्न मिल्दैन।‘ उनले आफू माथि लगाएको गलत आरोपबारे पार्टीको नेतृत्व र कानुन व्यवसायसंग छलफल गरेर मुद्दा दिन लागेको उनले बताए। गाउँपालिकाको कार्यालयबाट ठेक्का प्रक्रिया लगायतका कामहरु विधिसम्मत र प्रक्रियागत तवरले भइरहेकाले दाबी गर्दे उनले भने–‘गलत भएको पाइएको छ भने–‘कारवाही गर्ने निकायमा जान कसले रोकेको छ।‘ सुरुदेखि गाउँपालिकाको हरेक निर्णयमा सहमति जनाउदै हस्ताक्षर गर्ने माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एवं वडा नम्बर २का वडा अध्यक्ष किशोर पाण्डे स्थानीय तहको निर्वाचन नजिकिदै जादाँ गुमेको जनाधार बटुल्न नाटक सूरु गरेको उनले बताए।

गाउँपालिकामा पत्रकारहरुसँगको कुराकानीमा उनले विगत केही दिन आइरहेका समाचारमा कुनै सत्यता नभएको र राजनीतिक प्रोपगन्डा मात्र भएको बताए। केही व्यक्तिले आफ्नो निहित राजनितिक स्वार्थ लागि भ्रामक प्रचार गरेर पालिकालाई बदनाम गराउन खोजेको गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले दाबी गरे।  पालिकाले बालुवा र भरौट बिक्री कर संकलन सम्बन्धमा बोलपत्र आव्हान गरी ठेक्काका सबै पक्रिया पर्र्याएकाले यस विषयमा विवाद गर्नु आवश्यक नभएको कामतले दावी गरे । 

गाउँपालिकाको आठौं बैठकले धरौटी र्फिता गर्ने निर्णयअनुसार दोश्रो कबोल अंक पेश गर्ने उरी निमार्ण सेवा विराटनगरलाई धरौटी बापतको रकम फिर्ता गरेको उनले बताए। अहिले विरोध गर्नेले फिर्ता गर्न पटकपटक निर्णय गर्नुपर्ने बताएको उनले जानकारी दिए। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादीका वडाअध्यक्षले कपोकल्पित र भ्रामक समाचार फैलाएर आफू र नेपाली कांग्रेसलाई बदनाम गर्न खोजेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.