विद्यालय भवनको शिलान्यास

विद्यालय भवनको शिलान्यास

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानी जगतको विद्या विनय आधारभूत विद्यालयमा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ। 

आज वैदिक विधिपूर्वक पूजाआजा गरी सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले भवनको शिलान्यास गरेका हुन्। पंडित ज्ञानराज न्यौपानेद्धारा पूजाआजा गरी निर्माण हुन थालेको भवनको शिलान्यास गरिएको हो। 

भवनको शिलान्यास गर्दै नगर प्रमुख भुसालले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए। नरपानीलाइ अर्घाखाँचीकै प्रमुख पर्यटकीय स्थल बनाउने गरी नगरपालिकाले काम गरिरहेको जानकारी दिए। 

६ वटा कोठा र शौचालयसहित निर्माण हुन लागेको भवन २ करोड ५४ लाख ७८ हजार ९ सय ५१ रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। भवन निर्माणको जिम्मा लुम्विनी प्रतिभा खनाल जेभीले पाएको छ । 

शिलान्यास कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य, वडा सदस्य मिना सुनारलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.