एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेस प्रवेश
काभ्रेपलाञ्चोक: धुलिखेल नगरपालिका-८ का वडा अध्यक्ष निराजन जंगम नेकपा एमाले छाडेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाछन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष जंगमलाई जिल्ला सभापति तिर्थ लामाले धुलिखेलमा पार्टी सदस्य दिएर कांग्रेस पार्टीमा प्रवेश गराएको कांग्रेस जिल्ला सचिब गुणराज मोक्तनले जानकारी दिए।
कांग्रेस पार्टी प्रवेश गरिएको जंगम एमाले जिल्ला सदस्यमा खुल्लातर्फबाट एक महिना अघि मात्र निर्वाचित भएका थिए। पछिल्लो समय नगरपालिका मेयर अशोककुमार ब्यन्जुसँगको टकराबले एमाले जिल्ला सदस्य एवं वडा अध्यक्ष बुधबार कांग्रेसमा प्रवेश गरेका हुन्।
बुधबार बनेपामा भएको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल सरकारका पूर्व सहसचिव उद्धव थापा, जनता समाजवादी युवा संगठनका केन्द्रीय उपमहासचिव सुनिल लामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरिएको जिल्ला सचिब मोक्तनले जानकारी दिए।