१५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो (फोटो फिचर)

१५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो (फोटो फिचर)

जनकपुरधाम : मिथिलालञ्चलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाका लावालस्करसहितको टोली जनकपुरधाम आइपुगेको छ। धनुषा, महोत्तरी र भारतको विहार प्रान्त सीमावर्ती क्षेत्र अवस्थित धार्मिक स्थल १ सय ७ सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरि १ सय ३३ किलोमिटर भू–भागको परिक्रमा पैदल यात्रीहरु जनकपुरधाम आईपुगेको हो। 

आइतबार रात्रिकालिन समयमा आइपुगेको साधुसन्तको टोलीले जनकपुरधामको विभिन्न स्थानमा दिनभरि विश्राम गर्ने मध्यान्ह रातमा नगरको परिक्रमा गर्नेछ। अहिले साधुसन्तहरु विभिन्न कुवा नदी, तलाउहरुमा स्नान–ध्यान गरी चोखो भई नियम निष्ठाका साथ बस्ने गर्दछ। परिक्रम अवधिमा कुनै स्त्रीसँग सम्बन्ध राख्न नहुने, मद्य मदिरा तथा मासु खान नहुने मान्यता रही आएको जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवले बताए। 

हजारौं हजारको संख्यामा रहेका साधु–सन्त तथा महात्माहरु जनकपुरधामको ऐतिहासिक बाह्रविघा, तीरहुतिया गाछीमा पण्डाल, तथा विभिन्न कुट्टी, छाउनी तथा ओडारको सहारामा बसीरहेको छ। परिक्रमावासीहरुले रात्रिकालिन विश्रामका लागि पराल, भाँडाकुडाँ, टायरगाडा, दाउरा, चामल, दाल लगायत उपभोग्य वस्तुहरु लिएरै हिडने गरेका छन्। डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहितका मौलिक पहिरनमा लाखौं नर–नारीहरु सहभागिता जनाएका छन्। 

मानव समुदायको लावा लस्करसहितको टोलीले मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। जसलाई १५ दिने माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ। परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक शुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिषौल र फेरी कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ। 

परिक्रमा सामाजिक तथा सद्भाव सम्बन्ध 

नेपाल तथा भारतको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक सद्भावको प्रतिक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्ला बेग्लै रुपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास पाइन्छ। 

मिथिला महात्म्य अनुसार १८ औँ शताब्दी देखि धार्मिक यात्रा माध्यमिकी परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सितामढी, बैजनाथ धामका साधुहरु उल्लेख्य रुपमा सहभागि हुने गर्छन्। महाशिवरात्री तिथिदेखि १५ दिन भित्र जनकपुर पुगी होली खेलेर फागुन पुर्णिमा समापन हुन्छ। यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्म तथा जना अञ्जानमा पापबाट एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको राममन्दिरका महन्थ रामगिरी बताउँछन्।   

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गरिन्छ। यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिने गरिन्छ। तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्तरगृह परिक्रमा गर्नुपर्ने उल्लेख छ। अन्तरगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उप–महानगरपालिका भित्रपर्छ। 

मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ। केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भएपनि जनकपुरस्थित रत्नसागर स्थानका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढ सय वर्षपूर्व देखि दुई सयसम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार पुनःआरम्भ गरेको बताइन्छ। त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधुसहित बाजागाजासहित परिक्रमा गरेका थिए।  

पाँच सयको सानो संख्यालाई बढाएर २० हजार पुर्‍याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.