'द काश्मिर फाइल्स'को विवादमा नाना पाटेकरले भने -अनावश्यक विवाद सिर्जना गर्नु ठीक होइन

'द काश्मिर फाइल्स'को विवादमा नाना पाटेकरले भने -अनावश्यक विवाद सिर्जना गर्नु ठीक होइन

एजेन्सी : अभिनेता नाना पाटेकरले बलिउड फिल्म  'द काश्मिर फाइल्स' विवादमा धारणा व्यक्त गरेका छन् । अभिनेता पाटेकरले फिल्मबारे अनावश्यक विवाद खडा गर्नु ठीक नभएको बताएका छन् । आजतकसँगको कुराकानीमा नाना पाटेकरले भने, 'यहाँ भारतका हिन्दू र मुस्लिमहरू बस्छन्। दुवैलाई शान्तिपूर्वक बाँच्न आवश्यक छ। दुवै समुदायलाई एक अर्काको खाँचो छ । दुबै एकअर्का बिना बाँच्न सक्दैनन्। कुनै एक चलचित्रका कारण यस्तो विवाद सिर्जना गर्नु ठीक होइन।'

काश्मिरी पण्डितहरुको कथावस्तुमा तयार पारिएको यो फिल्मलाई विवेक अग्निहोत्रीले लेखेका छन् भने उनैले निर्देशनसमेत गरेका छन्। फिल्ममा मिथुन चक्रवती, अनुपम खेर, दर्शन कुमार, पल्लभी जोशी, चिनमे मन्डेकललगायतले मुख्य अभिनय गरेका छन्। 

यसअघि फिल्मबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिक्रिया दिएका थिए। उनले इतिहासलाई किताब, कविता, साहित्य र फिल्मको माध्यमबाट जीवन्त बनाउन सकिने बताएका थिए। तर दुर्भाग्य त्यस्तो काम विरलै हुने गरेको उनको भनाइ थियो। उनले द काश्मिर फाइल्सको तथ्यमाथि विश्लेषण गर्न छाडेर फिल्मविरुद्ध आवाज उठेको भन्दै गुनासो पोखेका थिए।

फिल्मले छ दिनको अवधिमा करिब ८० करोड कमाइसकेको छ । 

यो फिल्म गत ११ मार्चमा रिलिज्ड भएको थियो। रिलिज्डसँगै यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ भने सार्वजनिक बहसको विषयसमेत बनेको छ। भारतका कतिपय राज्यमा यो फिल्मलाई 'ट्याक्स फ्री'समेत बनाइएको छ। फिल्मकै कारण कमेडियन किपल शर्मा, अभिनेत्री कंगना रनौट, क्रिकेटर सुरेश रैनजस्ता हस्तीहरु ट्रोलका शिकार बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.