एक दिन मागेर वर्षभरीको जोहो (फोटो फिचर)

एक दिन मागेर वर्षभरीको जोहो (फोटो फिचर)

जनकपुरधाम : मिथिलाञ्चलमा होलीको पर्व सबैका लागि विशेष हुन्छ। तर, एक वर्गका लागि यो पर्व आर्थिक उपार्जनको ठूलो माध्यम हो। 

मिथिलामा १५ दिवसीय माध्यमिकी परिक्रमाको अन्तिम दिन फागु पूर्णिमाका दिन जनकपुर नगरक्षेत्रको अन्तरगृह परिक्रमा गरिन्छ। परिक्रमा गर्ने क्रममा दानपुण्य गर्नुपर्ने धार्मिक मान्यता छ। यसै अनुरुप परिक्रमा यात्रीहरुले गरिब र मगन्तेहरुलाई चामल, पैसा, कपडा र खाद्यान्न सामग्रीहरु दान गर्ने गर्छन्। श्रद्धालुहरुबाट गरिने दान पाउन सयौंको संख्यामा मगन्तेहरु नेपाल र छिमेकी मुलुक भारतका विभिन्न स्थानहरुबाट जनकपुर आइपुग्छन्। 

फागु पूर्णिमाभन्दा एक दिन अगावै जनकपुर आउने गरेका यी मगन्तेहरुले परिक्रमा घुम्ने बाटोमा कपडाले ठाउँ छेकेर आफ्नो स्थान सुरक्षित गर्छन्। आफू बस्ने ठाउँमा अर्को मगन्ते नबसोस् त्यसको लागि सडकमै तैनाथ रहने गर्छन्। 

भारतको सहरसा गाउँका बिरजु बिन पछिल्लो करिब दुई दशकदेखि होलीको बेला परिक्रमामा भिख माग्न जनकपुर आउने गरेका छन्। उनको गाउँबाट उनी झैं अन्य मगन्तेहरु पनि जनकपुर टोली बनाएरै आउछन्। ‘यहाँ एक दिन भिख माग्यो भने वर्षभरीलाई पुग्ने चामल पाउछ,’ बिनले अन्नपूर्णकर्मीसँग कुरा गर्दै भने, ‘हाम्रो घरबार छैन। जहाँ बस्छौं त्यहाँ पनि गाउँ बाहिर केही ठाउँ दिइएको छ। पेट पाल्न भिख माग्नुको विकल्प छैन् तर, परिक्रमामा भिख माग्न मेरा बुवाहरु पनि आउने गरेकाले म पनि आउन थालेको हुँ।’

‘मान्छेहरुले भिखमा कुहिएको र खानै नसक्ने सामानहरु पनि फालेर जान्छन्,’ जनकपुरकै मगन्ते सम्तोलियाले भनिन्, ‘हामी पनि त मान्छेनै हो कसरी कुहिएको खाने। कसै कसैले त पुरै च्यातेको लुगा दिएर जान्छ एकै पटक त्यस्तो लुगा कसरी लगाउने तर, जे भएपनि दान गर्नेहरु धेरै छन्।’


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.