अन्तिम इच्छा

अन्तिम इच्छा

एक चकमन्न रातमा

उसले देखेको भोगेका
भोगका उज्याला दोहनका 
ती सपनाका वसन्तमा उडेको
कृष्णगण्डकीको बाफ झैं
अहिले ऊ श्रापमा परेको छ।

बज्रकिटमले 
शालिग्रामभित्र सुन बनाए जसरी
उसले पनि स्वर्ण महल बनाउने लोभमा
बहकिएका उसका विचारहरू अहिले
कालीगण्डकीको ढुंगामा ठोक्किए 
अनि बग्न थाले बालुवा झैं।

प्रिय इतिहास!
तिम्रा पानाहरूमा बजिरहेका 
विज्ञान, सभ्यता, भव्यता
अनि दिव्यताको समाप्तिबारे
बजिरहेका ती तिम्रा गीतका
स्वार्थी धुनहरूमा
तिमी र सरकारबीच मध्यरातमा
गरिएका गनगनका
भाषाहरू सुन्दासुन्दै
कागबेनीमा तर्पण गर्दागर्दै
मच्चिएर आएको नदीको भेलले
मेरा दिवंगत पितृहरूको
श्राद्ध गर्न पुगेका भावी पुस्ता
सँगै नदी किनारमा बसेका 
बस्तीहरू, सभ्यताहरू र गल्छीहरूमा
तिम्रा महŒवाकांक्षा, भावी पुस्ता र सरकारबीचमा
लागेको ग्रहणको असर
मेरा भावी पुस्ताको इतिहासमा
कहिल्यै लेख्न नपरोस्।

प्रिय मानव!
गणितमा अब्बल दर्जामा गनिएका तिमी
किन नदी र जमिनबीचको
सामान्य गणितीय नियम
समकोण र न्यूनकोण किन छुट्ट्याउन सक्दैनौ ?
जसमा सभ्यता अडिएको छ
तिम्रो बुझाइ हेर्दै
प्रश्नवाचक चिह्न 
अहिले आश्चर्यमा परिरहेछ।

ए सरकार!
विज्ञानका नदी कटानका तथ्यहरू
व्यवस्थापनका सिद्धान्तहरूलाई
कहिल्यै नदीको बालुवालाई झैं 
एक्साभेटरले झिकेर
तस्करका टिपरमा हालेर
चर्को स्वरमा बोलेर
सभ्यताको नयाँ परिभाषाको बाटो नबनाऊ
किनकि पार्वतीको गला खसेझैं
तिम्रा कमजोरीको ट्याटु
दोहन संरक्षक भनी इतिहासमा बस्नेछ
जसको मूल्य साह्रै महँगो पर्नेछ।

प्रिय माण्ठ सुन
यस्तो पवित्र मुक्ति क्षेत्रमा
पवित्र जलमा, स्थलमा गरिएको
पापको सजाय
तिम्रा महत्वाकांक्षालाई
दामोदर कुण्डबाट बगेको कालीगण्डकीले
बगाएर ल्याएको यशोदाले बाँधेको रसिले
बाँधेर, शालिग्रामलाई साक्षी राखेर
यस धरतीमा कालो बादलको
नमुना रूपमा कहलाइनेछ
तिम्रा मसानघाटमा सिद्धिन्ने
महत्वाकांक्षाबारेको इतिहास
जसको चर्को मूल्य
छिट्टै नआउला र मानव सभ्यतामाझ ?

ए, अन्तिम इच्छा!
मेरो जीवनको
अन्तिम संस्कारका निम्ति गएका
ती मलामीहरूले
कहिल्यै प्राकृतिक सिकार
अन्तिम सलामी लिन नपरोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.