अब त्यस्तो भुल मबाट हुँदैन : प्रचण्ड

अब त्यस्तो भुल मबाट हुँदैन : प्रचण्ड

सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीका कारण देश गम्भीर दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन्। शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्रको पार्टी कार्यालय भवनको उद्घाटन गर्नेक्रममा नेपालमा गणतन्त्र सम्भव छैन्न भन्नेहरुबाट यस्तो खतरा रहेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मालगायतलाई लक्षित गर्दै भने, ‘देशको ठूलो दल भन्नेहरु देशमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्थे। अहिले पनि उनीहरु गणतन्त्रको विरोधमा छन्। उनीहरु जतिबेला पनि गणतन्त्र उल्टाएर धार्मिक अतिवादमा रहेका विदेशीसामु देश सुम्पन चाहन्छन्।’

गणतन्त्र विरोधीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि सबै एक जुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे।

‘परिवर्तन उल्टियो भने त्यसले सबैभन्दा बढी राष्ट्र र माओवादी केन्द्रलाई क्षति पुग्छ। सशस्त्र जनयुद्ध, जनआन्दोलन र जनताको बलमा स्थापित गणतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एक भएर लड्नुपर्छ,’ उनले थपे।

प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउँदा आफूले ठूलो क्षति व्यहोर्नुपरेको समेत स्मरण गरे। ‘मैले एकपछि अर्को गल्ती गर्दै गएँ। गिरिजा बाबुलाई राष्ट्रपति नबाउनु ठूलो भुल भयो। सबै लिने दाउँमा प्रधानसेनापति कटुवाललाई चलाउँदा भएको पनि सबै गुमाउनुपर्‍यो। अब त्यस्तो भुल मबाट हुँदैन,’ उनले विगद सम्झँदै भने।

गठबन्धन निर्वाचनसम्मै कायम रहने बताउँदै निर्वाचनमा भने आफ्नै बलले निर्वाचन जित्नेगरी लाग्न निर्देशन दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अब देशकै ठूलो पार्टी बन्ने दाबी गरे। ‘पार्टीमा एकता, छलफल र समहतिका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ। अब जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन। अब पार्टीमा एकढिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ। यसले पार्टीलाई नयाँ उचाईमा पुर्‍याउन मद्धत गर्छ,’ उनले भने।

नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय भवन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक नागरिकहरुको सहयोगदमा निर्माण भएको हो। तीन तला रहेको भवन निर्माण तथा जग्गा खरिदका लागि झण्डै दुई करोड रुपैँया लगानी भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन दाहालको भनाइ छ।

पार्टी कार्यालय भवन उद्घाटन तथा अनेकोट घटनाका शहिदहरुको सम्झनामा आयोजित सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा शहिदहरुप्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.