तीर्थ श्रेष्ठले गरे गीत बाचन- ‘सपनीमा तिमी देख्दा हात पुग्यो सिरानीमा’
पोखरा: गीतको विशेषता के भने यो गेय विधा हो। गाएपछि नै गीत सिर्जनाको चरण पूरा हुन्छ भन्ने सीधासिधी मान्यता छ। पोखरामा शनिबार आयोजित कार्यक्रमको उद्देश्य भने भिन्न रह्यो। कार्यक्रमले स्थापित गर्न खोजेको मान्यता थियो- गीत रचना भइसकेपछि आफैँ पूर्ण हुन्छ। त्यही मान्यता स्थापित गर्न गीतकार प्रतिष्ठान पोखराले तीर्थ श्रेष्ठको एकल गीतबाचन कार्यक्रम गर्यो। गीतकार श्रेष्ठले कार्यक्रममा गीत बाचन गरेर सुनाए।
‘म आफूलाई असल गीतकार सम्झन्न,’ श्रेष्ठले भने, ‘कुशल बाचक पनि म होइन।’ तर सुरुदेखि नै उनका गीतले स्रोतालाई मन्त्रमुग्ध पार्यो। खासमा कविका रुपमा बढी परिचित श्रेष्ठले आफूले गीत खासै नलेख्ने गरेको बताए। ‘पहिलो गीतको पछि सानो कथा छ,’ श्रेष्ठले भने, ‘जमानामा क्याम्पसकालीन जामानामा एउटा मुक्तक लेखेको थिएँ, मुक्तकमा सपनाको कुरा थियो, गीतकार विक्रम गुरुङ दाइले यसलाई गीत बनाउन मिल्दैन भन्नुभयो, अनि त्यसैलाई गीत बनाएँ।’ एकल गीत बाचन कार्यक्रमको सुरुआतमा उनले सोही गीत सुनाए:
‘तिमीमात्रै आफ्नै भयौ यति ठूलो बिरानीमा
सपनीमा देखेपछि हात सिरानीमा हात पुगेको गीत सुनाउनुअघि तीर्थले संसारमा कसैले पनि आफूलाई एक्लो ठान्न नहुने विचार राखे। ‘सपनामा भए पनि एक्लो हुँदैनौं,’ उनको भनाइ थियो।
एकपटक नेपथ्य समूहका अमृत गुरुङ घरमा पाहुना आउँदा उनैले गीत छन् छैनन् भनेर सोधेको प्रसंग तीर्थले उप्काए। आमा शीर्षकको तीर्थको गीत अमृतले गाएका पनि छन्। अनि अरु थुप्रै गीतमा आभासले संगीत भरेको जानकारी तीर्थले दिए। त्यसअघि तीर्थका २ गीत सोम बज्राचार्यले गाइसकेका थिए।
सिरानीमा हात पुगेको गीत सुनाइसकेपछि तीर्थले हात खप्परमा राख्नुपरेको भन्दै चिन्ता जताए। ‘बडो दुर्भाग्यमा छ देश कि ७० वर्षमा ७ वटा संविधानको रस्वादन गर्ने सौभाग्यशाली जनता भएका छौं हामी,’ उनले भने, ‘आन्दोलन हुन्छ, केही नायकजस्ता मान्छे देखिन्छन्, तिनको नायकत्व पानीमा भिजेर रङ बगेजस्तो निस्तेज, निष्प्रभावी बनेको दृश्य देख्छौं।’ त्यसपछि उनले असल नायकत्वको खोजीको गीत सुनाए।
‘संसार सारा छोडेर जुट्ने मानिस छैन कि
बोकेर देश काँधमा उठ्ने मानिस छैन कि
ढुंगा भएकी पौराणिक पात्र अहिल्या रामको चरणले छोइएपछि मान्छे भएर बाँच्न पाएको प्रसंग भन्दै तीर्थले कसैको उपस्थितिले मात्रै पनि आल्हादित बनाउने अनुभूति साटे। डेढ घन्टाका बीचमा तीर्थले डेढ दर्जन हाराहारी गीत बाचन गरे। प्रेम, समाज, राजनीति, मातृत्व प्रकृति र देश उनको गीतका विषय थिए।
साहित्यकार सरुभक्तले तीर्थका गीतलाई समाजको सापेक्षतामा रचिएका सिर्जनाको संज्ञा दिए। राम्रा गीतले समाज र दर्शन बोक्ने उनको भनाइ थियो। सन् १९१६ मा अमेरिकी स्रष्टा बब डिलनलाई नोबेल साहित्य पुरस्कार दिएपछि गीतकार/गायकलाई पनि नोबेल भन्ने प्रसंग उठेको तर त्यसले गीतको उचाइ बढाएको सरुभक्तले बताए। गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनिया र सचिव अनुराग अधिकारीले गीत गाएपछि मात्रै होइन लेखेपछि नै पूर्ण हुन्छ र मुख्य स्रष्टा गीतकार हुन्छ भन्ने मान्यता स्थापित गर्न कार्यक्रम गरिएको जनाए।