बढ्यो काँक्रेविहारको क्षेत्रफल

बढ्यो काँक्रेविहारको क्षेत्रफल

सुर्खेत : सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफल बढेको छ। हालै गरिएको नापजाँचपछि बढी देखिएको हो। यसअघि सरकारी तथ्यांकमै फरक–फरक क्षेत्रफल उल्लेख हुँदा काँक्रेविहारको क्षेत्रफलबारे अन्यौलता थियो। यही अन्यौलता हटाउन प्राविधिक टोलीले नापजाँच गरेर काँक्रेविहारको क्षेत्रफल एकिन गरेको हो।

नापजाँचपछि यसको क्षेत्रफल १७७ दशमलव ७७ हेक्टर कायम भएको नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले बताए। यसअघि नापी कार्यालय सुर्खेतको नक्सांकनमा काँक्रेविहारको क्षेत्रफल १६७ हेक्टर र राजपत्रमा १७५ दशमलव ५ हेक्टर थियो। नापजाँचले काँक्रेविहारको क्षेत्रफल एकिन भएको प्राविधिक टोलीले जनाएको छ। ‘काँक्रेविहारको क्षेत्रफल पहिलेको तुलनामा केही बढेको छ,’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले भने, ‘केही स्थानमा काँक्रेविहारको क्षेत्रफल अतिक्रमण पनि भएको पाइयो।’

प्राविधिक टोलीका अनुसार काँक्रेविहारको क्षेत्रफल अतिक्रम गरी एक स्थानीयले घरसमेत निर्माण गरेको पाइएको छ। यसअघि काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुनसक्ने आशंकामा स्थानीयले बारम्बार आवाज उठाएका थिए। असोजमा ‘कम्पाउन्ड वाल’ (पर्खाल) लगाउने विषयमा विवाद भएपछि अदालतमा रिटसमेत परेको थियो। उच्च अदालत सुर्खेतले अल्पकालीन सुनुवाइ गर्दै काँक्रेविहारको पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको थियो।

सरकारी तथ्यांकमै काँक्रेविहारको क्षेत्रफल फरक–फरक देखिएकाले डिभिजन वन कार्यालयलाई क्षेत्रफल एकिन गर्न पनि अदालतले आदेश दिएको थियो। अदालतको आदेशपछि पर्खाल निर्माण रोकेर डिभिजनले काँक्रेविहारको पुनः नक्सांकन गरेको हो। झण्डै डेढ महिना लगाएर प्राविधिक टोलीले क्षेत्रफल एकिन गरेको हो।

सरकारी तथ्यांकमै फरक–फरक क्षेत्रफल कायम हुँदा कसलाई आधिकारिक मान्ने भन्नेमा पनि अन्यौलता थियो। झण्डै ४९ वर्षपछि काँक्रेविहार क्षेत्रको पुनः नापजाँच गरिएको हो। प्राविधिक टोलीमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरू थिए।  सडक निर्माण तथा कम्पाउन्डिङका लागि डिभिजन वन कार्यालय ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले ३ करोड बजेट छुट्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.