सुकरातको सफलता
एक पटक एक युवकले विद्धान् सुकरातलाई सफलताको रहस्य सोधे। सुकरातले धैर्यपूर्वक ती युवकका सबै कुरा सुने। र जवाफका लागि भोलिपल्ट नदीको छेउमा भेट्न भने। जब उज्यालो भयो तब सुकरातले ती युवकलाई नदीतर्फ लगे। सँगै हिँडिरहँदा दुवै चुपचाप भए, नदीसम्म पुगे।
नदीमा प्रवेश गर्नु अबको काम थियो।
नदीभित्र पसेपछि युवक आश्चार्यमा थिए। अब के हुन्छ ? अब कतिसम्म जाने ? के गर्न यो काम भइरहेको छ ? आदि। युवक आश्चार्यमा परिरहँदा सुकरातले उनलाई पानीमा डुबाइदिए। जवान ती युवक नदीको पानीबाट निस्कन संघर्ष गरे। तर सुकरातले भएभरको बल निकालेर ती युवकलाई पानीभित्रै रहनका लागि थिचिरहे।
युवकले धेरै बल गरेपछि सुकरात चुप बसे। युवक पानीबाट निलो अनुहारसहित बाहिर निस्किए। सुकरातको अनुहार हेरे। उनी शान्त थिए। युवकमा धेरै छटपटि थियो। के गर्ने के नगर्ने ? भइरहेको थियो। एउटा जवाफ खोजेको अर्कै काम भइरहेको महसुस थियो उनमा।
सुकरातले सोधे, ‘युवक, तिमी टाउको पानीभित्र राख्दा उकुसमुकुस भइरह्यौ। त्यतिबेला सबैभन्दा बढी के चाहियो ?’ युवकले जवाफ दिए, ‘हावा।’ सुकरातले तत्काल जवाफ दिइहाले, ‘हो, सफलताको रहस्य पनि यही हो। पानीमा हुँदा हावाले चाहेको जति नराम्रो सफलता चाहनु हुन्छ, तब पाउनु हुनेछ। अर्को रहस्य कुनै छैन।’
नैतिक शिक्षा : जलिरहेको इच्छा सबै उपलब्धीको सुरुआत विन्दु हो। जसरी सानो आगोले धेरै ताप दिन सक्दैन, त्यसरी नै कमजोर इच्छाले ठूलो परिणाम दिन सक्दैन।