माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

सुर्खेत: नेकपा माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन्। कर्णाली प्रदेशसभामा माओवादीको प्रमुख सचेतक रहेका उनले केही दिन अघिमात्र माओवादीबाट अलग भएको घोषणा गरेका थिए। माओवादी र प्रदेश सांसद पदबाट गत फागुन २७ गते राजीनामा दिएका बिष्टलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार एमालेमा प्रवेश गराएका हुन्।

एमाले प्रवेश गरेका बिष्ट २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नं १ (क) बाट निर्वाचित भएका थिए। माओवादीको तर्फबाट निर्वाचित भएका उनले केही दिन अघिमात्र सांसदबाट पनि राजीनामा दिएका थिए। एमसीसी सम्झौता संसदबाट पारित भएपछि उनले माओवादी त्यागेको बताएका थिए। माओवादी त्यागेका उनलाई पार्टीमा प्रवेश गराउन एमालेले आइतवार वीरेन्द्रनगरमा कार्यक्रम आयोजना गरेको हो।

विष्टसहित एकसय ५० जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेको दाबी छ। पछिल्लो समय माओवादी आन्दोलन गलत बाटोमा गएको, एमसीसी सम्झौताको पक्षमा उभिएको, जनयुद्ध र सहिदको सम्मान गर्न नसकेको र व्यक्तिबादी चिन्तनमा फसेका कारण आफूले पार्टी त्यागेको बिष्टको भनाइ छ। प्रदेश सरकारले पनि अपेक्षाअनुसार काम गर्न नसकेको र अहिलेकै अवस्थामा प्रदेशसभाले पनि जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूले सांसद पदबाट पनि राजीनामा दिएको उनको दाबी छ।

यसअघि राजीनामा दिएपछि माओवादी संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन तीन दिनको समय दिएको थियो। तर बिष्टले राजीनामा फिर्ता लिन मानेनन्। बिष्ट एमालेमा प्रवेश गर्ने सूचना पाएपछि माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आइतबार विहान मात्र उनलाई दलको सदस्यबाट निलम्बन गरेका थिए। बिष्ट पछिल्लो समय प्रदेश सरकारको मन्त्री नबनाइएकोमा असन्तुष्ट थिए। यसअघि नेकपाभित्र विवाद हुँदा पनि बिष्ट प्रचण्डलाई छाडेर केपी शर्मा ओलीको पक्षमा उभिएका थिए। तर नेकपा विभाजनपछि भने उनले माओवादी रोजेका थिए।

प्रदेशमा आफ्नै पार्टीको सरकार हुँदा पनि बिष्टले कडा आलोचना गर्दै आएका थिए। उनलाई मनाउन माओवादीले दलको प्रमुख सचेतक बनाएको थियो। तर पनि बिष्ट मन्त्रीका लागि आकांक्षी थिए। बिष्टले मन्त्रीमा दाबी गरिरहँदा माओवादीले हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाएको थियो। गैरसांसदलाई मन्त्री बनाइएपछि बिष्ट थप असन्तुष्ट बनेका थिए। यसैबीच एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिष्टलाई पार्टीमा प्रवेश गराउँदै आउँदो निर्वाचनपछि एमाले पहिलो शक्ति बन्ने दाबी गरे। एमाले अहिले सरकारबाट मात्र बाहिर रहेको भन्दै जनताको मनभित्र रहेको उनको भनाइ छ। एमालेप्रति आकर्षण बढेको भन्दै उनले एमालेलाई पहिलो शक्ति बन्न अब कसैले रोक्न नसक्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.