झडप नियन्त्रणमा खटिएकी प्रहरीको हत्या

झडप नियन्त्रणमा खटिएकी प्रहरीको हत्या

काठमाडौं : मोरङको लेटाङमा भएको झडप नियन्त्रणमा खटिएकी एक प्रहरी जवानको हत्या भएको छ। विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। 

लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो। पौडेलले आइतबार एक विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए। 

‘आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि प्रहरीसँग झडप भएको रहेछ,’ उनले भने, ‘म चितवन भएकाले साँझ मात्रै आइपुगे। दुःखद घटना भयो।’ प्रहरी श्रेष्ठको घाँटीमा भीडले छुरा प्रहार गरेको राईले बताए। यता, नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने चिन्ताजनक र गम्भीर अवस्थामा प्रहरी जवानको उद्धार गरिएको बताए। ‘तनाव र शिक्षक नियन्त्रणमा लिन प्रहरी पुगेको थियो,’ उनले भने, ‘प्रहरीमाथि घरेलु हतियार प्रहार भएको थियो। अन्य विवरण हामी संकलन गर्दैछौं।’

उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । 
जनार्दन जिसी -प्रमुख, मोरङ प्रहरी

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतकको शव कोसी अस्पतालमा राखिएको छ।

दिउँसोदेखि नै विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि पुगेको थियो। नगरपालिकाका उपमेयर र सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा आक्रोशित भीडले आक्रमणको प्रयास गरेको थियो। उक्त भीडले विद्यालयमा आगजनीसमेत गरेको बताइएको छ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरी नियन्त्रणमा लिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो। घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले प्रहरीमाथि भीडले ढुंगामुडा र घरेलु हतियारसमेत प्रहार भएको बताए। जिसीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार भएको र स्थितिलाई नियन्त्रणमा लिन हवाइफायर भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.