फिल्ड निरीक्षणसँगै कार्यालयमा सुक्ष्म निगरानी बढाउँदै अख्तियार

फिल्ड निरीक्षणसँगै कार्यालयमा सुक्ष्म निगरानी बढाउँदै अख्तियार

गुलरिय : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले फिल्ड निरीक्षणसँगै सरकारी कार्यालयहरुमा निगरानी बढाएको छ । बर्दियाको राजापुर नगरपालिका अन्र्तगत मालपोत, नापी, भन्सार लगायतका कार्यालयहरुमा सुक्ष्म निगरानी गरेको छ ।

अख्तियारको स्ट्रिङ अपरेशनसहितको टोलीले स्थानीय तहलगायत सरकारी कार्यालयका कामकारवाहीका सुक्ष्म निगरानी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख विजयराज पौडेलले बताए । उनले भने, 'राजापुरअन्र्तगत गत वर्ष अख्तियारमा उजुरी परेका ३ वटा मुद्दाको फिल्ड अनुसन्धानका लागि हामी लागेका छौं, केही समयपछि ३ वटै उजुरी फर्छौट गर्ने तयारीमा छौं । '

उनका अनुसार  बर्दियाका फागुन मसान्तसम्म रहेका कुल १११ वटा उजुरीमध्ये ५७ वटा उजुरी छानविन भइसकेको छ । ५४ वटा उजुरी छानविनका क्रममा छन् । 'त्यसलाई पनि छिटै फर्छौट गर्ने तयारीमा छौं । हामीले राजापुरका केही कार्यालयहरुका सेवाग्राहीहरुसँग कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा बुझ्दा राम्रै पायौं । बर्दियामा निरन्तर निगरानी बढाएका छौं । राजापुरका अख्तियारमा परेका उजुरीहरुको फिल्ड निरीक्षण पनि गरेका हौं,'उनले भने,' बर्दियाका अन्य कार्यालयहरुमा समेत पुग्ने कार्यक्रम छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.