मौवा पुगेर प्रधानमन्त्रीले भने- सुख्खाग्रस्त क्षेत्रमा पानी पुर्‍याउँदा खुसी छु

मौवा पुगेर प्रधानमन्त्रीले भने- सुख्खाग्रस्त क्षेत्रमा पानी पुर्‍याउँदा खुसी छु

मौवा: प्रधानमन्त्री शेरबहादुर देउवाले सुख्खाग्रस्त क्षेत्रमा पानी पुर्‍याउन पाउँदा आफू खुसी भएको बताएका छन्। आङ्ना मौवा बृहत् खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पाँचथरबासीको सपनालाई पूरा गर्न आफू तुम्बेवा आउन पाउँदा खुसी व्यक्त गरेका हुन्।

छोटो मन्तव्य दिएका देउवाले सुख्खाग्रस्त क्षेत्रका नागरिकका लागि खानेपानी अमृतसरह भएको बताए। ‘सबै जनताको घरमा पानी पुर्‍याउन सरकार लागि परेको छ। खानेपानीजस्तै पाँचथरका अन्य विकासका योजनाहरु पूरा गर्न सरकार गम्भीर छ,’ उनले भने।

सरकारले तमोर करिडोरलाई तत्काल कालोपत्रे गर्न आवश्यक कदम चाल्ने देउवाको भनाइ थियो। तमोर जलासययुक्त विद्युत आयोजना सञ्चालन गर्न सरकारले आवश्यक कदम चालेको देउवाको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाडका लागि पम्पिक खानेपानी आयोजनाको माग तीब्र भएको बताए। ‘प्रधानमन्त्रीले पानी उद्घाटन मात्र गर्नुभएको हैन,’ चौधारीले भने ‘तुम्बेवाबासीको सपनालाई समेत उद्घाटन नर्गुभएको हो।’ तुम्बेवाका लागि खानेपानी आयोजनाले अमृतको काम गरेको चौधरीको दाबी थियो।

तुम्बेवाको बसाइसराईलाई खानेपानी आयोजनाले रोक्ने चौधरीको विश्वास थियो। ‘पानी आएसँगै तुम्बेवा गाँउपालिका बसाई सरेर आउनेहरुको गाँउपालिका बन्नेछ,’ उनले भने। कार्यक्रमलाई प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संविधानसभा सदस्य भिष्मराज आङ्देम्बेले समेत सम्बोधन गरेका थिए।

आङ्ना-मौवा बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन

प्रधानमन्त्री देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाँउपालिकामा निर्माणाधीन ‘आङ्ना-मौवा बृहत् पम्पिङ खानेपानी आयोजना’को सोमबार उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा देउवासहित खानेपानीमन्त्री उमाकान्त चौधरी, एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संविधानसभा सदस्य भिष्मराज आङ्देम्बेसमेत उपस्थित भएका थिए। 

आयोजना सम्पन्न नभई आयोजना उद्घाटन भएपछि कामले पूर्णता पाउनेमा उपभोक्ताहरुले शंका व्यक्त गरेका छन्। हालसम्म ९५ प्रतिशत काम पूरा भएको उपभोक्ता समितिले दाबी गरेको छ। तर उपभोक्ताहरु भने ८० प्रतिशत पनि काम पूरा नभएको बताउँछन्। ‘बल्ल पानी टेस्टिङ सुरु भएको थियो,’ एक स्थानीय उपभोक्ताले भने, ‘आज उद्घाटन रहेछ। यहाँ आएपछि थाहा भयो।’ हाउस कनेक्सनको काम नभएको स्थानीयको भनाइ छ।  

सुख्खाक्षेत्रको रुपमा रहेको तुम्बेवाका १६ सय चार घरधुरीका करिब आठ हजार मानिसलाई पानी पुर्‍याउने उद्देश्यले आयोजना निर्माण गरिएको हो। कन्काई प्रेरणा जेभी निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्नेगरी २०७४ असार २५ गते आयोजना निर्माणको जिम्मा लिएको थियो। दुईपटक थपिएको समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गरेको थिएन। काम पूरा नभई उद्घाटन गरेपछि स्थानीयहरुले शंका व्यक्त गरेका हुन्।  

निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख चन्द्रनारायण चौधरीको भनाइ छ। ‘विभिन्न समस्याका कारण निर्धारित समयमा काम सम्पन्न गर्न सकिएन,’ चौधरीले भने ‘समस्याका बावजुद आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उद्घाटको काम उपभोक्ता समितिले गरेको हो।’

 उपभोक्ता समितिले भने काम अन्तिम चरणमा पुगेकाले उद्घाटन गरेको दाबी गरेको छ। ‘कामले करिब पूर्णता पाएको हो,’ समितिका अध्यक्ष देबेन्द्र खत्रीले भने, ‘बाँकी रहेको केही काम चाँडै पूरा हुन्छ।’ १६ सय ४ घरधुरीमध्ये सात सय ५७ घरमा लागि हाउस कनेक्सनको काम पूरा भएको हो। विद्युत् विस्तार, गार्ड हाउस र ट्याङ्की निर्माणको काम सकिएको छ। सब ट्रान्समिसन लाइनको काम भइरहेको छ।

तमोर नदीको लखुवा दोभानमा मुहान थापेर तुम्बेवा गाँउपालिकाका १ देखि ३ वडाका मानिसलाई पानी खुवाउने उद्देश्यले आयोजनाको काम सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.