हृदयघातबाट वडाअध्यक्ष लामाको मृत्यु

हृदयघातबाट वडाअध्यक्ष लामाको मृत्यु

सिन्धुली: सिन्धुलीको मरिण गाउँपालिका ६ का वडाअध्यक्ष कुर्साङ लामाको मृत्यु भएको छ। लामाको हृदयघातका कारण ४३ वर्षको उमेरमा सोमाबार दिउँसो मृत्यु भएको हो।

वडा कार्यालयमा कार्यसम्पादनकै क्रममा लामालाई हृदयघात भएको थियो। बसिरहेको कुर्सीबाट बेहोस भएर लडेका लामाको कार्यकक्षमै मृत्यु भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बतए।

‘वडा अध्यक्ष लामा दिउँसो २ बजेर १५ मिनेटमा बिहोस भएपछि तत्काल कपिलाकोट स्वास्थ्य चौकीमा पुर्‍याइएको भए पनि डाक्टरले मृत घोषणा गरेका छन्,’ बम्जनले भने।

वडाअध्यक्षको मृत्युप्रति गहिरो समवेदन व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष बम्जानले पालिकामा ठूलो क्षति पुगेको बताए। ‘लामाको मृत्यु अकल्पनीय र दुःखद भएको छ। यसले सिंगो गाउँपालिका स्तब्ध भएको छ,’ उनले भने।

उता वडाअध्यक्ष लामाको मृत्यु भएपछि गाउँकार्यपालिकाको आकश्मिक बैठक बसेको छ। बैठकले मंगलबार गाउँपालिकामा शोक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए।

उनले भने, ‘स्वर्गीय लामाप्रति मौनधारण गर्दै शोक प्रस्ताव पारित गरेका छौं। भोलि मंगलबार गाउँपालिका र वडा कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामहरु बन्द गर्ने र शोक विदा दिने निर्णय भएको छ।’

स्वर्गीय लामाको पार्थिव शशिर लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ। लामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। मृतक लामको आमा बुबा एक श्रीमति र पाँच भाइ छोरा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.