पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

काठमाडौं: नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ। 

अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरे। 

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ। ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल: युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र: सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ।

निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरे। उनले ‘क्लोज-अप’ राम्रो दस्तावेज भएकाले नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने उनको भनाइ थियो। अभिनेत्री करिश्मा मानन्धरले किताबले चलचित्रबारे जान्न पुस्तक महत्वपूर्ण भएको बताइन्। ‘क्लोज-अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउने भन्नेमा विश्वस्त छु,’ उनले भनिन्।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन्। निर्देशक दीपाश्री निरौलाले ‘क्लोज-अप’लाई नेपाली चलचित्र र चलचित्रकर्मीको दस्तावेजको रुपमा लिएको बताइन्। ‘क्लोज-अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरेको उनले बताइन्। 

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने बताए।

लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटिएको बताए। ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु। यो एउटा सुरुवातमात्र हो। पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ,’ उनले भने।  

नेपाली चलचित्रमा योगदान दिने व्यक्ति धेरै बाँकी रहेकाले आगामी दिनमा पनि समेट्न सकिने उनले बताए। ठूलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ। यूरोपका विभिन्न देश र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको छ। 

५९९ रुपैँया मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.