पानी हाम्रो जिन्दगानी !

पानी हाम्रो जिन्दगानी !

गर्मी मौसमको आगमनसँगै जल दिवस आएको छ। पानी नपाए पनि यसको झल्को मेट्दै जिभ्रो रसाउनु परेको अवस्था छ। किनकि जहाँ पानी छैन, त्यहाँ जीवन छैन भन्दा हुन्छ। वनस्पतिदेखि संसारका कुनै पनि प्राणी पानीबिना जिउन सक्दैनन्। पानी हाम्रो जिन्दगानी उखानै छ। संसार ईश्वरको विशाल साकार रूप संसारमा दुई तिहाइ पानी नै छ। सूक्ष्म रूप मानिसको शरीरमा पनि पानीको मात्रा दुई तिहाइ नै हुन्छ। पानी कम हुनासाथ शरीर बिसञ्चो हुन्छ। रोगहरूले आक्रमण गर्छन् र मानव शरीर निस्प्रयोजन हुन्छ। पानीको महत्त्वलाई उजागर गर्न हरेक वर्ष जल दिवस मनाउँछौं। तर पनि पानीप्रतिको सचेतनाको अभावले पानीबाटै धेरै रोगका सिकार पनि बन्छौं।

पूर्वीय धर्म दर्शनले पानी शुद्ध हुनुपर्छ भन्छ। पानीमा नाग देवता बस्ने गर्छन्, पानीमा दिसापिसाब गरियो भने सिधै पितृहरूको मुखमा पर्छ भनिन्छ। त्यसैले पानीमा फोहोर गर्नु हुन्न भनी पुर्खाले सिकाए। डरैले पनि पानी सकेसम्म सफा रह्यो। वेदले भन्यो, द्यौ शान्तिः, पृथ्वी शान्तिः, अन्तरिक्ष शान्तिः, आपः शान्तिः, वनस्पतायः शान्तिः भनौं ब्रह्माण्डभरि सबैको शान्ति। यहाँ आपः भन्नाले पानी हो, पृथ्वीको अर्थ हुन्छ माटो र अन्तरिक्ष भन्नाले सम्पूर्ण वायुमण्डल भनौं। सबैथरी औषधिलगायतका वृक्ष, लता र सबै चराचर जगत् आज त्यसैलाई भूमण्डलीकरण (विश्व एक गाउँ, बसुधैव कुटुम्वकम्) आदि नाम दिइएको छ।

हिमतालहरू फुट्ने टुट्ने समस्या, हिमनदीको प्रयोग हुन नसकेको, जलविद्युत् परियोजनाहरूमा लगानी गर्न नसकिएको अवस्था छ।

राजनीतिक विभाजनका कारण विश्वभरि देशका नाम अलग छन्, काम पनि अलग होलान्। तर मानवीयता एउटै हो र पनि हामीले चाहिँ चोखोपानी पाउने आशा गरेका छौं। हिमालयका कारण समुद्रका वरिपरि बस्ने देशहरू समुद्रको नुनिलो पानी प्रयोग गर्न सक्दैनन्। हो, उनीहरूलाई बन्दरगाहको सुविधा छ। पिउने पानीको भने अभावमै छ। समुद्रभित्रै एयरपोर्ट, बाटाघाटा, सहरबस्ती बसाउन सफल छन्। एसियाको सम्भ्रान्त सहर सिंगापुरमा पानीको आफ्नो स्रोत छैन। समुद्रपारि मलेसियाबाट पाइपबाट पानी आपूर्ति हुन्छ, तर सडकधाराकै पानी खुल्ला भएर पनि पिउनयोग्य छ। आन्तरिक खपत भएको पानीलाई ट्रिटमेन्ट गर्छन् र पुनप्र्रयोग पनि। कुरो प्रविधिको हो, कुरो सोच र आवश्यकताको पनि।

हामीकहाँ ब्राजिलपछिको विश्वकै पानी धेरै भएको अवस्था हो। सहरमा पिउने पानी छैन। मुख्य सहरका नदीमा पानी होइन, हिउँदमा ढल मात्र बग्छन्। वर्षाका मैलो पानी बग्छ, भएको पानी खेर जान्छ। बिजुली यहीँ सबैभन्दा महँगो छ। पानीको स्रोत मेलम्ची राजनीतिक दुहुनो गाई बनेको छ। चुनावताका उठेजस्तो गर्छ, अरुबेला मेलम्ची उठ्दैन। सुतिरहन्छ। बरु वर्षाको आरम्भ र अन्त्यमा ताण्डव नृत्य हुन्छ– बाढी, पहिरो, भूक्षय, माटो कटान, बस्ती सखाप, अन्नबाली ध्वस्त, अकालमा मृत्यु। सवारीसाधन दुर्घटना, अकाल मृत्यु, खण्ड वृष्टि, अति वृष्टि, अनावृष्टि, जलवायु परिवर्तन, मौसमको बेचैनी, के के हो के के ? भनिसाध्य छैन यहाँ। जंगलमै पानीको स्रोत धेरै हुन्छ, त्यहीँ डँढेलो, आगलागी। सबैतिर समस्या। सिँचाइको अभावले कृषि कर्ममा हैरानी, बढी पानीले पुलपुलेसा सखाप, पानी प्रदूषित। पिउन त के नुहाउन पनि नहुने। हेर्न नहुने हुन्छ नदीको अवस्था।

मानव सभ्यता पानी स्रोत छेउछाउबाटै सुरु, घनाबस्ती बढी त्यतै, यहाँका अधिकांश बस्ती नदी आसपास मात्रै होइन, संसारका सबै ठूला सहर नदी आसपासमै छन्। न्युयोर्क, दिल्ली, संघाई, बैंकक, हङकङ मात्रै होइन संसारका सबै सहर पानीकै नजिक छन्। मानौं मानव सभ्यता नै नदी आसपासबाटै भएको हो। काठमाडौंको बस्ती बसाल्नुअघि यहाँको पानी निष्कासन गरेर चोभारको डाँडो काटी बस्ती बसालिएको हो। अहिले यहाँ खानेपानी छैन मात्रै होइन, भूमिस्रोत सुक्नाले मानवबस्ती नै जोखिममा छ र भूकम्पको खतरामा छ, काठमाडौं उपत्यकामा खेती त भुसुक्कै भयो। वनवृक्षहरू सकिए। बरु सिमेन्टका खम्बाहरू उठे। कंक्रिटका भवनहरूले जीवन उराठलाग्दो भयो। अव्यवस्थित बसोबास र सहरको वृद्धिले अब काठमाडौं सबैको मृत्युको सहर बनिसकेको छ। वायुमण्डल, प्रदूषणको उच्च जोखिममा छ यो। धुवाँ, धूलो, कार्बनको भण्डार भएको छ काठमाडौं।

पानीको स्रोत मेलम्ची राजनीतिक दुहुनो गाई बनेको छ। चुनावताका उठेजस्तो गर्छ, अरुबेला मेलम्ची उठ्दैन। सुतिरहन्छ।

हिमतालहरू फुट्ने टुट्ने समस्या, हिमनदीको प्रयोग हुन नसकेको, जलविद्युत् परियोजनाहरूमा लगानी गर्न नसकिएको अवस्था छ। यहीँ चर्को बिजुलीको मोल, देशका समस्याहरू धेरै छन्। पानीको सदुपयोग गर्न नजान्दा देश पछि परेको छ। वर्षामा पानी परेको आधा घण्टामै बाटो हराउने, सबैतिर जलमग्न हुने अवस्था छ। राज्यको दीर्घकालीन सोचको अभावमा सहर कुरूप बन्दैछ। जनजिविकाका विषयमा केही काम हुन्न। ओखरपौवा, बञ्चरे डाँडो, सिसडोलमा मात्रै होइन, यहाँ फोहोर, पानी, सडक, यातायात, शिक्षा, स्वास्थ्य सबैमा राजनीति हुन्छ। र त देशमा टिक्न बस्न नसकेर खाडीमा भाँडा माझ्न पुग्छन् नेपाली। अनि खेतबारी बाँभेैm हुन्छ।

ठेकेदार र बिचौलियाहरू मिलेर खेती हुने जग्गा घरघडेरीका लागि प्लटिङ हुन्छ। जग्गाधनी र क्रेताको सम्पर्कबिनै जग्गाको मूल्य निर्धारण भइसक्छ, त्यो पनि उच्च मूल्यमा। मेलम्चीको पानी आयो भनेर राष्ट्रपतिबाट भृकुटीमण्डपमा उद्घाटन गराइन्छ, उद्घाटन सकिनासाथ पानी बन्द हुन्छ। काठमाडौंका धारामा पानी होइन, हावा र बिल मात्रै आउँछ। कतै पाइप हालिन्छ, पानी वितरण हुन्न। उद्घाटनका लागि पानीको मुहानै नजिक जोरपाटी नयाँबस्ती आसपास पाँच वर्षको अथक प्रयासपछि मेयरले ठेकेदारमार्पmत पाइप त हालिदिन्छन्। तर, पाइपको लेभल मिलेको हुन्न। खानेपानी उद्घाटनका लागि दुई घण्टा छोडियो, फेरि बन्द गरियो।
खानेपानी कार्यालयमा जाँदा यता होइन भनी हकार्ने नगरपालिकामा जाँदा भइसक्यो। काम सकियो पानी आइसक्यो भन्ने यस्ता वाक्यहरू स्वयं गोकर्णेश्वर नगरप्रमुखलगायत वडाध्यक्षले धेरैपल्ट भने। तर पानी दिइएको छैन। काकाकुले जीवन तड्पाउनु नै राजनीतिको उद्देश्य देखिन्छ। दोहोरो बोली कंक्रिट निर्णय केही नदिने, जार पानीको व्यापार मजैले चल्न दिने काम हुन्छ यहाँ। ट्यांकर सेवालाई मनग्गे फाइदा दिलाउने, पाइपको पानी दिने कतै लक्षण नदेखिने यो अचम्मको खेल छ। काठमाडौंका अधिकांश क्षेत्रमा र बढी छ पूर्वीभेग जोरपाटी, नारायणटार, नयाँबस्ती आदि क्षेत्रमा।

कतै असमान वितरण छ, कतै पानीको मुहारै देख्न नपाइने यो जालझेल अवस्था बानेश्वरको संसद् भवनको भन्दा कम छैन। जो एमसीसी आए खुल्ने, बजेट आए खुल्ने अरू बेला नखुल्ने पसलजस्तो छ। अन्तिम विश्रामस्थल आर्यघाटको अवस्था जहाँको पानी छुन पनि नसकिने अवस्था छ। जार पानीमा पनि किरा भेटिने, पाइप पानीमा ढल मिसिएर आउने, सधैं तारे होटलमा गएर न पानी पिउन सकिने न सरसफाइ गर्न सकिने अवस्था नेपालीको चित्कार कसले सुन्ने ?

सुनिन्छ, ठूलाहरूका घरवरिपरि पाइपमा पानी सुक्दैन, ट्यांकरबाट उत्तिकै आपूर्ति हुन्छ। गाडी धुन ट्यांकर पानीको प्रयोग हुन्छ। बाटै हिँड्दा पनि कति कार्यालयका अगाडि खानेपानीको खोलाबाढी बगेको देखिन्छ। यो असमानता कहिलेसम्म ? समाजवादको नारा, जनता बेसहारा, पशुपन्छीले त पानी सुँघ्न पनि नपाएको अवस्था, कुनै नदीहरूमा जलचर नभेटिने अवस्था छ। पानीको अभावले जीव, वन्यजन्तुको बेहाल, पशुपतिमा बाँदरले पानी नपाएको अवस्था छ। घरका छतहरूमा पानी नहुँदा पन्छीहरू सराप्दै फर्कने यो नारकीय अवस्थालाई कसले कहिले बुझ्ने त अब ? शुष्क कण्ठ गृष्मको सिजन सुरु भएको छ। उहिले भए अक्षय तृतीयामा सर्वत पानी पिएर जीवन धानौंला भनिन्थ्यो। अब धर्म निरपेक्ष भइसकेपछि अक्षय तृतीयामा सर्वत पानी कसले बाँड्ला ? हामीकहाँ अभिभावकहरू कहाँ छन् ? सडकमा, चुनावमा, सदनमा खोजी गर्नु पर्ला। जार पानीमा पनि पेट्रोलको जस्तो मूल्य बढाएको हल्ला पोखरातिर आउँदै गर्दा उपभोक्तावादीहरू पनि कता होलान् कुन्नि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.