सरकारमा जानेबारे अनौपचारिक छलफल चलेको छ : अध्यक्ष ठाकुर

सरकारमा जानेबारे अनौपचारिक छलफल चलेको छ : अध्यक्ष ठाकुर

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धन सरकारमा सहभागि हुनेबारे छलफल भइरहेको बताएका छन्। उनले वर्तमान सरकारबाट सरकारमा सहभागी हुन अनौपचारिकरुपमा प्रस्ताव आइरहेको र छलफल पनि भइरहेको तर आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा सहभागि हुने विषयमा नसोच्ने बताए।

मंगलबार जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन आएका अध्यक्ष ठाकुरले तत्काल सरकारमा जाने विषयमा पार्टीमा कुनै निर्णय नभएको बताए। उनले भने, ‘सरकारी सहभागी हुन प्रस्ताव आएको छ, तर पार्टीले कुनै निर्णय लिईसकेको छैन तर छलफल जारी छ। तराई मधेश मुद्दा र नागरिकता सवालमा सकारात्मक भए सरकारमा सहभागि हुन्छौं। अन्यथा हुने छैनौ र त्यसको कुनै औचित्य पनि हुँदैन।’

ठाकुरले वर्तमान सरकारसँग सरकारमा शामिल हुनु भन्दा पनि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा छलफल चलिरहेको बताए। उनले नागरिकता सम्बन्धी मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा सहभागी हुने विषयमा विचार गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.