एनआरएनएको महाधिवेशन स्थगित, घले समूहले घोषणा गर्‍यो यो नयाँ नेतृत्व

एनआरएनएको महाधिवेशन स्थगित, घले समूहले घोषणा गर्‍यो यो नयाँ नेतृत्व

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को चैत्र १० र ११ गते तय भएको १० औं महाधिवेशन स्थगित भएको छ । उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरी निर्वाचनसम्बन्धी सबै काम/कारवाही नगर्नू-नगराउनू भनेको छ । आदेशसँगै एनआरएनएको निर्वाचन समितिले निर्वाचनका सबै काममा रोक लगाएको हो । 

सबैको अस्तित्व स्वीकार गर्दै अदालतमा गरिएको मुद्धा फिर्ता लिने शर्तमा एनआरएनएमा त्रिपक्षीय सहमति भएको थियो । अध्यक्षका आकांक्षी डा.बद्री केसी, कुल आचार्य र रबिना थापाबीच सहमति भइ आगामी कार्याकालका लागि तीन अध्यक्ष बन्ने तय भएको थियो ।
 

यता सहमति भएपनि उता पूर्व अध्यक्ष शेष घलेले नयाँ नेतृत्व घोषणा गरेका छन् । आचार्य सहमतिमा नआउँदै उनका पक्षका अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायतका राष्ट्रिय समन्वय समितिहरुले प्रमुख संरक्षक घलेलाई निर्वाचनको म्यान्डेट दिएका थिए । 

संघमा देखिएको प्रतिनिधि विवादलाई समाधान गरी संकट समाधान गर्न म्यान्डेट दिइएकोमा दुरुपयोग गरी एकतर्फी रुपमा संघलाई विभाजन गर्ने उद्देश्यले एकपक्षीय निर्वाचन गरिएकोमा आपत्ति जनाएका छन् । त्यतिबेला संघमा देखिएको विवाद समाधानका लागि उच्चस्तरीय समितिले छानबिन गरेबमोजिम वास्तविक प्रतिनिधि समावेश गरी विवाद रहित, स्वतन्त्र निर्वाचन र महाधिवेशन गराउन म्यान्डेट दिएको  थियो ।

तर, म्यान्डेट विपरित विवादास्पद प्रतिनिधि छानबिन नगरी, वास्तविक प्रतिनिधिको नाम प्रकाशित नगरी, एकपक्षीय ढंगले एनआरएनए एनसीसीहरूले सिफारिस गरेका प्रतिनिधिहरुको संलग्नता बेगरै निर्वाचन गरेकोमा आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धी सुवेदीले एनसिसिका अध्यक्षहरुले गत ६ मार्च २०२२ मा म्यान्डेट दिए पनि घलेले दुरुपयोग गरेको जनाएका छन् । म्यान्डेट फिर्ता लिइएको समेत जनाइएको छ । दशौं महाधिवेशनबाट २०२१–२०२३ कार्यकालका लागि घलेले बिनोद कुँवरलाई अध्यक्ष बनाएका छन् । उनले उपाध्यक्षमा उमेश पुडासैनी, थर्क सेन, बाबुराम लामा,  सुरेन्द्र सिग्देल र महिला उपाध्यक्षमा भोमा लिम्बु, महासचिवमा जानकी गुरुङ, सचिवमा जुनु गुरुङ, कोषाध्यक्षमा डिलाराम खरेल चयन भएको घोषणा गरेका छन् । 

एनआरएनए नेतृत्वले अदालतको निर्णयलाई सम्मान गर्दै महाधिवेशन स्थगित गरिएको जनाएको छ । विवाद टुंग्याएर छिट्टै १० औं महाधिवेशन गर्ने एनआरएनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.