दुई हजार परिवारलाई ‘एक घर, एक झुल’

दुई हजार परिवारलाई ‘एक घर, एक झुल’

सिरहा : सिरहाको लहान नगरपालिकाका समाजसेवी महेश चौधरीले पालिकाभरिका दुई हजार गरिब दलित परिवारलाई ‘एक घर, एक झुल’ वितरण अभियान थालेका छन्। बढ्दो गर्मीमा लामखुट्टेको टोकाईबाट लाग्ने सम्भावित रोग कोही कसैलाई नहोस भनेर झुल वितरण गरिरहेको चौधरीले बताए। 

समाजसेवी चौधरीले स्वर्गीय पत्नी संगीता कर्माचार्यको नाममा स्थापना गरेको संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा झुल वितरण गरिरहेको छ। बिहीबार उनी वडा नम्बर १८ का बसाजोडी दलित वस्ती र वडा २२ का बर्छबाका दलित बस्तीमा २५० जना परिवारलाई झुल वितरण गरेको हो।

‘पत्नी कर्माचार्यको गरिब दलितलाई सहयोग गर्ने सपनालाई आफुले पनि निरन्तरता दिएको छु,’ उनले भने, ‘कोरोना पहिलो संक्रमणदेखि नै राहत वितरणलगायत कार्यक्रम थालेका छौं। पछिल्लो झुल वितरण अभियानअन्तर्गत १०५० परिवारलाई वितरण गरिसक्यौँ अझै जारी छ। दुई हजार परिवारलाई वितरण गर्ने लक्ष्य लिएका छौं।’

चौधरी दम्पती कोरोना भाइरसको पहिलो लहरदेखि नै रोजगारी गुमाएर छाक टार्न समस्या रहेका व्यक्तिहरुलाई घरघरमा खाद्यान्न राहत पुर्‍याएका थिए। सोही क्रममा संगीता कोरोना संक्रमित भए र उपचारको क्रममा उनको मृत्यु भएको थियो।

पत्नीको देहान्तपछि पनि चौधरीले गरिब, दलित बस्तीमा राहत वितरण अभियान रोकेनन्। पत्नीकै नाममा स्मृति प्रतिष्ठान बनाएर संगीताको मृत्यु भएको दिनको सम्झनामा हरेक महिना २२ गते गाउँगाउँमा गरिबहरुलाई सहयोग गरिरहेको छ।

राहत वितरणका लागि उनी कुनै दातृ निकायबाट सहयोग लिएको छैन। अमेरिका बस्ने छोराछोरी र संगीताको नाममा रहेको सम्पती राहत विरतणमा लगाएको उनले बताए। लकडाउनमा रोजगारी गुमाएका रिक्सा चालक, नाई समुदाय र गाउँगाउँका मजदुर गरी ५ हजार भन्दा बढी परिवारलाई चामल, दाल, नुन, तेल खाद्यान्न सामग्री वितरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.