नक्कली प्रहरीले मोरङबाट लुटेको गहना महोत्तरीमा बरामद

नक्कली प्रहरीले मोरङबाट लुटेको गहना महोत्तरीमा बरामद

काठमाडौं: नक्कली प्रहरी बनेर मोरङबाट लुटेराले लुटेको करिब १३ किलो चाँदी गरगहना महोत्तरीको बर्दिबासमा फेला परेको छ। गहनासहित एक जनालाई  पनि प्रहरीले पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा बर्दिबास-१ का ३४ वर्षीय मनोज ठाकुर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले बताए। प्रहरीले खानतलासी गर्दा उनको घरबाट लुटिएको गहना बरामद भएको थियो। बजार भाउ अनुसार बरामद गरिएको गहनाको मूल्य १५ लाख बढी पर्छ।

चैत ८ गते झापा दमक नगरपालिका-१ स्थित पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका सञ्चालक मन प्रसाद गदाइलीले बर्दिवासस्थित सुनचाँदी पसलहरुले दिएको अर्डरको बिभिन्न चाँदीको गरगहना तयार गरेर कामदार ओम कालिकोटेमार्फत् हायस गाडीमा पठाएका थिए।

मोरङ बेलबारी नगरपालिका-४ बेतना सिमसार क्षेत्र अगाडिको बाटोमा एकजना अपरिचित व्यक्तिले प्रहरीको परिचय दिदैं गहना लिएर गएका थिए। 

‘म प्रहरीको हबल्दार हुँ, यो गाडी चेकजाँच गर्नु छ भन्दै गाडी रोकेर उनीसँग भएको गहना लिएर गएका थिए। तेरो साहु को हो? साहुलाई थानामा आउनु भनि उक्त गहनासहितको व्याग लिएर गएका थिए,' इन्स्पेक्टर सिंहले भने।  

अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त प्रहरी टोलीले ठाकुरको घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा १२ किलो ८८१ ग्राम बरामद चाँदीका गहना बरामद भएको हो। धरधनी ठाकुरलाई पक्राउ गरी बरामद भएको गहनासहित कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.