बर्दिबासको चुरे पहाडमा चिरा पर्‍यो, हिउँदमै पहिरो

बर्दिबासको चुरे पहाडमा चिरा पर्‍यो, हिउँदमै पहिरो

काठमाडौं : महोत्तरीको बर्दिबास नगरपालिका-११ खयरमारास्थित चुरेमा सुख्खा पहिरो जान थालेको छ। हालै खयरमारा खोलाको तीन तल्ले भन्ने स्थानमा २ सय मिटर चुरे पहाड खोला खसेको बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले बताए। त्यस क्षेत्रमा जोखिम बढेपछि तीन घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ।

‘दुई सय मिटर चुरे पहाड खोलामा बिलय भएको छ। त्यहाँ क्रसरले उत्पादन गर्ने प्रकृतिको बालुवाको २० मिटर उचाईमा टापुजस्तो उच्चाई खोलामा देखिन्छ,’ मेयर कार्कीले भने, ‘त्यस क्षेत्रका चुरे पहाड चिरा परिरहेको दृश्य देखिएको छ।’ अध्ययन गर्न विज्ञ टोली खटाउने तयारी भइरहेको उनले बताए।

बीस दिन अघिदेखि त्यस क्षेत्रका चुरे पहाडमा चिरा परेको जानकारी स्थानीयले बर्दिबास नगरपालिकामा गराएका थिए। चुरेमा सुख्खा पहिरो आएको कारणबारे अध्ययन गर्न महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले सरकारसँग माग गरेका छन्।

उनले समाजिक सञ्जाल मार्फत भनेका छन्, ‘भूगर्भशास्त्र  र विपद् विषयका  ज्ञाताहरुको नेतृत्वमा तुरुन्त  अध्ययन गर्न  आबश्यक रहेकोेले संघीय र मधेस प्रदेश सरकारको ध्यानाकर्षण गराउँछु।’

चुरेको भू-बनोट कमसल भएकोले सुख्खा पहिरो गएको हुन सक्ने चुरे विज्ञ डा. विजयकुमार सिंहले बताए। ‘माथिबाट लोड बढेको हो तल थेग्न नसकेर पहिरो जानसक्छ,’ उनले भने, ‘भू-कम्पले पहाड हलाएको थियो। त्यसले पनि पहिरो गइरहेको छ।’ के कारणले पहिलो गयो? त्यसको कारण खोज्न स्थलगत अध्ययनको जरुरी रहेको उनले बताए।

डा. सिंहका अनुसार, चुरेको खसो माटो, बालुवा, गिटी र गोलो ढुंगाले बनेकोले खुख्खायाममा पनि पहिरो जान सक्ने सम्भान सम्भावना हुन्छ।

चुरे विनासका असरहरु देखिन थालेको चुरे संरक्षण क्षेत्रमा दुई दशकदेखि काम गर्दै आएका सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताए। ‘चुरे क्षेत्रमा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका बस्तीहरु व्यवस्थान गर्नुपर्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.