इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते, युवाले खोसे पेस्तोल र गोली

इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते, युवाले खोसे पेस्तोल र गोली

मलङ्वा : सर्लाहीको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ। झडपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह घाइते भएका छ्न्। 

सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बाटो विस्तार गर्ने क्रममा बाटो छेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । बाटोको सीमांकन भइ सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग रहेको छ । तर सांसद साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि युवाहरु आक्रोशित बनेका हुन्। 

सांसद साहले आफ्ना समर्थक लिएर बजारमा प्रदर्शन गर्न जाँदा युवाहरु आक्रमणमा उत्रेका थिए । घटनामा साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवलाई समेत कुटपिट भएको छ । यादवको साथमा रहेको पेस्तोल र ७ राउन्ड गोलीसमेत युवाहरुले खोसेर लगेको यादवले बताएका छ्न् । युवाहरुले एउटा भारतीय स्करपियो र करिब १ दर्जन मोटरसाइकल समेत तोडफोड गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.