गुलरियालाई सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गरिने

गुलरियालाई सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गरिने

गुलरिया : गुलरिया नगरपालिकालाई सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने तयारी गरिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचारकेन्द्रको पहलमा नगरपालिकालाई सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गरिने भएको हो।

    
गुलरिया नगरपालिका कार्यालयमा कार्यरत कर्मचारी लगायत जनप्रतिनिधिहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि प्रतिबद्धा गरेका छन्। सरोकारवाला तथा साझेदार निकायसँग समन्वयगर्दै गुलरिया नगरपालिका भित्र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि ब्यापक अभियान सञ्चालन गरिने सूचना केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक डाक्टर भक्तबहादुर केसीले बताए। जस अन्तरगत गुलरिया नगरपालिका भित्र सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने तयारी भैरहेको छ।
    
'निषेधित क्षेत्र घोषणा गर्न पालिकाले पहल गर्दै छ। पालिका भित्र सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि अध्ययन तथा अनुसन्धान गरी सुर्तीजन्य पदार्थको लत छुटाउन केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम पनि दिएका छौं', उनले भने, 'समुदाय पालिका भित्रका आमा समूह, शिक्षक, पत्रकार, युवाक्लव, टोल विकास संस्थाहरुसँग सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि अन्तरक्रिया लगायत व्यापक छलफल चलाउँछौं। नगरका स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायत पत्रकारहरुलाई सचेतना दिइसकेका छौं।'
    
गुलरिया नगरक्षेत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न संघीय कानूनहरु तथा स्वास्थ्य सेवा ऐन २०७५ अनुसारको रणनिति तयार गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रमार्फत प्राविधिक सहयोग प्रदान गरिने भएको छ। पहिलो चरणमा गुलरिया नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धतामा हस्ताक्षर गरिसकेका छन्। प्रतिवद्धता गर्न बाँकी रहेकालाई पनि प्रतिवद्ध गराउने र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि इजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बेचविखन गर्न पाउने ब्यवस्था मिलाईने डा. केसीको भनाइ छ।
    
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मुत्रनली, पाठेघर आदीमा क्यान्सर हुने स्वास्थ्य शिक्षा तथा सुचना सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत डाक्टर शालिकराम धितालले बताए। 'सुर्तीजन्य पदार्थको सेवनले मुखमा समेत क्यान्सर बनाउँछ। धुम्रपान गर्ने व्यक्तिको नजिकै बस्ता सेवन नगर्नेलाई पनि असर पुग्छ', उनले भने, 'धुम्रपानका कारण विश्वमा वर्षेनी ६ लाख मानिसले ज्यान गुमाउने गर्छन्। त्यसैले यसको नियन्त्रण, नियमन र निषेध गर्नु नै उत्तम उपाय हो।' गुलरियालाई धुम्रपानरहित नगरपालिका घोषणा गर्ने तयारी भैरहेकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.