सयथरि बाजा एउटै ताल

सयथरि बाजा एउटै ताल

नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, उपजाति, गोत्र, थरले आफ्ना पुर्खाको खोज गरी वंश निरन्तरता स्थापित गर्न प्रयत्न गरेको पाइन्छ। वर्तमान नेपालको कुन ठाउँमा आफ्ना आदिम पुर्खाहरू बस्थे ? उनीहरूको उद्गम कसरी भयो ? विवाह, भाषा, धर्म, रिवाज, जातीय संस्कृति र सभ्यताको आदिको समेत व्याख्या गर्ने जमर्को गरेको पाइन्छ। तीन हजार वर्षलाई लिएर हेर्‍यो भने कुनै बेला नेपाल पहाडैैपहाड तन्किएर आसामदेखि कश्मीरसम्म पुगेको वर्णन पाइन्छ। कहिले भने टुक्राटुक्रामा विभाजित भएर पाँच दर्जनभन्दा बढी राजा रजौटाका राज्यहरू÷जातीय प्रमुखहरूका ठकुराईबाट शासित अनेकौं स्वायत्त प्रदेश (बाइसे राज्य, चौबिसे राज्य, सिम्रौनगढ, तीन ठाउँका सेन राज्यहरू, उपत्यकाका तीन राज्य र मुस्ताङ। डा. स्वामी प्रपन्नाचार्यले गण्डकी क्षेत्रमा ३२ राज्य, कर्णाली प्रदेशमा ४२ राज्य र थप ६ राज्यको नाम दिएका छन् (अनेकौंका दृष्टिमा राष्ट्र निर्माता, प्रधान सम्पादक हरिप्रसाद सोडारी: २०७६)। कहिले फुलेर तिब्बतको यारीदेखि तराईको गंगा छेउसम्मको फाँटमा पुगेको उल्लेख छ।

वर्तमान नेपालको सीमाभित्र विभिन्न भाषा बोल्ने सवा सयभन्दा बढी जातजाति, उपजाति, आआफ्ना भिन्न संस्कृति र अन्य धार्मिक सम्प्रदायका अनुयायीका साथ बसेको पाइन्छ। पुर्खाको खोज गर्ने, वंश निरन्तरता स्थापित गर्ने, समाज र संस्कृति केलाउने र नेपाली संस्कृति सभ्यताको निर्माणमा योगदान पुर्‍याउने कार्य अत्यन्त प्रशंसनीय छ। वर्तमान नेपालको राजनीतिक सिमानाभित्र कति पहिले मानव जातिले बसोबास गर्न थालेका हुन् भन्ने प्रामाणिक विवरण कतै पाइएको छैन। नेपालको हिमशृंखला नै अप महादेशको भन्दा पछिको हो भन्ने भूगर्भशास्त्रीहरूको निक्र्याेल छ। यस आधारमा वर्तमान नेपालको मध्यपहाडी क्षेत्रभन्दा उत्तरको पर्वतीय क्षेत्रमा घरजाम गर्ने मानव जातिको बसोबास गर्न भूगर्भिक, भौगोलिक र वातावरणका कारण सहज थिएन।

मानवशास्त्रीहरूको खोजअनुसार चुरे पहाडी शृंखलामा अर्धमानवाकार ‘ड्रायोपिथेकस फिक्की र शिवपिथेकस इन्डिकस’ का हड्डी तथा दाँतहरू पाइएकाले यस क्षेत्रमा मानव आवादीको इतिहास हजारौं वर्ष पहिलेदेखि हुँदै आएको आकलन पनि छ (अल्बर्ट अर्नेस्ट हुटन, अप फ्रम द एप: १९६५)। सन् १९८१ को डिसेम्बरमा नेपाल र अमेरिकाको संयुक्त वैज्ञानिक दलले पाएको बुटवल नरबानरको एउटा बंगाराले नेपाल पनि नरबानर र आदिमानवको विकास र खोजको क्षेत्रमा सामेल भएको छ (मोदनाथ प्रश्रित, जीवाणुदेखि मानवसम्म: २०७१)। वर्तमान काठमाडौं उपत्यकाको दक्षिणी भेगमा रहेको फर्पिङमा प्राप्त भएको विशालकाय जलचर जन्तुको जीवाशेष म्युजियममा सुरक्षित छ (बाबुराम आचार्य, प्राचीनकालको नेपाल: द्वि.सं. २०६३)। यसबाट पनि प्राग्ऐतिहासिक कालको प्राणीहरूका विषयमा खोज गर्न मद्दत मिलेको छ।

रुसी पुरातत्त्वविद्ले २०४३ सालमा काठमाडौं बूढानीलकण्ठ आसपासमा गरेको पुराताŒिवक अन्वेषणबाट ३० हजार वर्ष ईशापूर्व (पाषाणयुग) का ढुंगे उपकरण फेला पारेकाले उपत्यकामा मध्यपाषणयुगदेखि मानव बस्ती थियो भन्ने पाइन्छ (जनकलाल शर्मा, हाम्रो समाज एक अध्ययन: २०६९)। केही वर्षअगाडि पुरातत्त्वविद्हरूले मुस्ताङको चराङ गाउँको धीको अक्करका गुफाहरू, छोसेरको मण्डला गुफा, चोखोपानी खोलाको विद्युत्का लागि खनिएको सुरुङ र खिंगा, फुजलिङमा उत्खनन् गर्दा भेटाएका मानव अवशेष र अन्य सामग्री ईशापूर्व १५ सय वर्षअघिको प्रमाणित भएकाले त्यस क्षेत्रमा धेरै अघिदेखि मानव बस्ती भएको पाइन्छ (खेमराज नेपाल, समाज, संस्कार र शासन: २०७५)। यसबाट आदिमकालमा मानवको अस्तित्व भौगोलिक र वातावरण अनुकूल तल मैदानबाट माथि पर्वततिर सर्दै गएको आभास हुन्छ। 

सुदूर विगतको अर्धमानवदेखि हालको मानव जातिबीचको सम्बन्ध प्रामाणिक रूपमा स्थापना भइसकेको छैन। त्यो हजारौं वर्षको अन्तराल (मिसिङ लिंक) लाई वैज्ञानिकहरू हाल प्राप्त भएका जीवाष्म र अस्थिहरूको डीएनए परीक्षणबाट जोड्न प्रयत्नरत छन्। बानर स्वरूपलाई ‘मानवको नजोडिएको पुर्खा’ मानिएको छ। तर बानर पनि एक जाति हो भन्ने प्रामाणिक व्याख्या अध्येताहरूले रामायणको पुनव्र्याख्या र विभिन्न जातिको आदिम पुर्खासँगको सम्बन्धलाई लिएर गरिरहेको पाइन्छ। यससम्बन्धी चर्चा तल यथास्थानमा गरिएको छ।

तर नेपालमा नै भएको हिममानव (यती) लाई आफ्नो पुर्खा हो भन्ने कुनै जातजाति छैन (हिमालयको माथिल्लो भागमा बस्ने बाँदर जस्तै जीवलाई यती भन्छन्। हिमालयको तल्लो भागमा बस्ने र मानिससँग मिल्दोजुल्दो मानिसलाई म्हिति भनिन्छ। यती र आधुनिक मानवबीचको अवस्थाको हिममानव म्हिति हो– डा. जगमान गुरुङ, गुरुङ जातिको सामाजिक संस्कार (लेख), नेपालका जातीय सामाजिक संस्कार, २०७३। योगी नरहरिनाथले कैलाशमा देखेको हिममानव (यो यती, २०७२, श्रीबृहदाध्यात्मिक परिषद्, मृगस्थली) को वर्णनसँग मिल्दोजुल्दो देखिने गरी डा. जगमान गुरुङले ‘वंशावलीमा र प्ह्रों फाल्ने वेदमा छाती, कान र काखीमा, लामालामा रौंका बिटा उम्रेका भनी महाचंको वर्णन गरिएको छ। मनु प्ह्रग कुचीं (मनाङ प्ह्रको गुम्बा) मा यस्तै छाती, कान र काखीमा लामालामा रौं उम्रेको हेर्दैमा डरलाग्दो मानव मूर्ति छ। त्यसलाई त्यहीँका निवासीहरूले गुरुङको पुर्खा हुन् भन्छन्’ भनी उल्लेख गरेका छन् (गुरुङ जाति र संस्कृति, २०३४)।

तीन हजार वर्षलाई लिएर हेर्‍यो भने कुनै बेला नेपाल पहाडैैपहाड तन्किएर आसामदेखि कश्मीरसम्म पुगेको वर्णन पाइन्छ। यही नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, उपजाति, गोत्र, थरले आफ्ना पुर्खाको खोज गरी वंश निरन्तरता स्थापित गर्न प्रयत्न गरेको पाइन्छ।

यती (हिममानव) लाई लिएर केही प्रसंगहरू नआएका होइनन्। ल्होमी जातिको पुबु चिन्जयुन लुक्म र ढिपको कथाअनुसार उहिले ल्होमी र ढिप (यती) बीच युद्ध भयो। ती अग्ला, कपाल एकदम लामो, शरीर भरी बाक्लो रौं भएका शरीरमा ल्होमीहरूले धनु, बाण, खुकुरी, बन्चरोले हान्दा पनि रौंभित्र हानि पुर्‍याउन सकेनन् र ढिप (यती) को जित भयो। त्यसपछि प्रत्येक वर्ष एकजना ल्होमी मानिस ढिपका लागि बलि दिनुपर्ने सम्झौता भयो। त्यसपछि यतीहरूलाई ल्होमु भ्यरोक खा भन्ने स्थानमा बोलाएर जाँडमा विष हालेर खान दिई उनीहरूबीच झगडा गराएर आपसमा मारामार गराए। एउटा गर्भिणी यती त्यहाँ भाग लिन नसकेकाले यतीको अस्तित्व भएको विश्वास गरिन्छ– पहिचानको सेरोफेरोमा ल्होमी जाति– साङ्बु नुप्पा ल्होमी– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर, २०७२)।

यतीको उत्पत्तिका सम्बन्धमा महाभारतकालीन गुरु द्रोणाचार्यका छोरा अश्वस्थामाको हिमाल बसाइसँग र सतरुद्रसंहितामा वर्णित यतीनाथ अवतारसँग पनि जोडेको पाइन्छ। यतीको बासस्थान कैलाश पर्वतदेखि सिक्किमसम्मको क्षेत्र अनुमान गरिएको छ (रामकुमार पाण्डे– यती टेल्स, अल एबाउट द अबोमिनेबी स्नोम्यान: १९९४)। कतिसम्म भने योगी नरहरिनाथले वर्णन गरेको ‘वनमनुष’– जो ओडार र गुफामा बस्छ, होचोकदको, लोमस (झ्यापझ्याप्ती शरीरमा रौं भएको) हुन्छ, पुच्छर हँुदैन। रौं खैरो, खुट्टाभन्दा हात लामा, घाँटी छोटो, लुगा लगाउँदैन। दुई हात उठाएर हिँड्छ, मासु खाँदैन। युग्मचारी (लोग्ने–स्वास्नीसँगै रहने) हुन्छ, उसको कुरा बुझिँदैन (योगी नरहरिनाथ, इतिहास प्रकाश– भाग १, २०१३) लाई कुनै समुदायले आफ्नो वंशवृक्षमा राखेको पाइँदैन।

विश्वकै प्राचीन ग्रन्थ हाम्रा वेद, उपनिषद्हरूले र जनजातिका धार्मिक ग्रन्थ (मुन्धुम) ले व्याख्या गरेअनुसार समग्र मानव जाति भगवान्बाट उत्पन्न हुन्। मन्त्र, तन्त्र, वरदान, आशीर्वचन, श्राप, कृपा, गोप्य सहवास र बहुपति÷बहुपत्नी दाम्पत्यबाट उत्पन्न भएका हाम्रा आदि पुर्खा हुन् भन्ने उल्लेख पाइन्छ। जसरी वैज्ञानिकहरूले अर्धमानवबाट मानव जाति भएका हुन् भन्ने कुरालाई सोभैm स्थापित गर्न सकेका छैनन्। त्यसैगरी, भगवान्बाट सोझै उत्पन्न मानव जाति हो भन्ने कुराको वैज्ञानिक तवरले प्रमाणित भएको पाइँदैन। तर पनि वैज्ञानिक व्याख्या र धार्मिक सृष्टिका आधारमा तादम्यता ल्याउने तर्क पनि आउन थालेको छ। जस्तै, डार्बिनको विकासवादी सिद्धान्तअनुसार पानीमा बस्ने जेलिफिस (थलथले माछा) मत्स्यावतार, जल र थलमा बस्ने कुर्म (कछुवा) एम्फिबियनलाई कुर्म अवतार, सिम–भास (मार्सिलेन्ड) मा बस्ने बराह अवतार, आधा नर आधा पशु नृसिंह अवतार, अर्ध मानव वामन अवतार, बन्चरो चलाउने भएपछि पर्शुराम अवतार र सामाजिक मर्यादासहितको मानिस राम अवतार मानेर सृष्टि विकासको क्रममा हेर्न सकिने सम्भावना भएको तर्क दिइएको पाइन्छ (मातृकाप्रसाद कोइराला, कोसीको कथा : २०४६)।

डा. स्वामी प्रपन्नाचार्यले गण्डकी क्षेत्रमा ३२ राज्य, कर्णाली प्रदेशमा ४२ राज्य र थप ६ राज्यको नाम दिएका छन्। कहिले फुलेर तिब्बतको यारीदेखि तराईको गंगा छेउसम्मको फाँटमा पुगेको पनि उनले उल्लेख गरेका छन्।

यस्तै तर्क वितर्कबाट शास्त्रीय प्रमाणलाई वैज्ञानिक व्याख्यामा लैजाने खोजको आधार बन्न सक्छ। विश्वमा विद्वान्हरू निरन्तर खोजीमा लागेका छन्। जर्मनीको नियान्डरमा भेटिएको मानव अवशेषहरूको वैज्ञानिक परीक्षणवाट त्यो अवशेष पूर्णमानव सादृश्य थियो। त्यसको नाम नियान्डरथल राखियो। हजारौं वर्षपछि त्यो नश्लको अन्त्य भयो तर त्यसको जिनांश अहिलेको युरोपवासीमा सर्दै आएको तथ्य फेला पर्‍यो (युभल नोएह हरारी सापिन्स, अ ब्रिफ हिस्ट्री अफ हुमनकाइन्ड: २०१४)। जाति समिश्रणबाट कुनै नश्लको अन्त्य सामर्थी मात्र बाँच्छ भन्ने सिद्धान्तबाट विलिन भएको हुन सक्छ वा जाति संहार पनि भएको हुन सक्छ।
नेपालमा हालसम्म प्राप्त वंशावलीहरू र पौराणिक विवरणलाई उदृत गर्दै इतिहासकार तथा अध्येताहरूले नेपालको इतिहास तपस्वी बुद्धहरूदेखि गोपालवंशी, वर्मावंशी, गुप्तवंशी, महिषवंशी, आभिरवंशी, किरातवंशी राजाहरूले राज गरेको भनेका छन्। तर, आदिकालका बासिन्दा एकल समुदाय वा बहुसमुदाय वा कुन कुन जातिका थिए ? त्यो वर्णन गर्न सकेको छैन। यी माथि भनिएका वंशहरूको ऐतिहासिक प्रमाण र अभिलेखहरू छिटपुट मात्र प्राप्त भएकाले अझै खोजी गर्नु पर्ने कुरा पनि इतिहासकारहरूले स्वीकार गरेका छन्। पुराण र स्मृति ग्रन्थहरूलाई आधार बनाएर यहाँ शिवपार्वती, विभिन्न देवीदेवता, ऋषिमुनिहरू र तपस्वीहरूले बसोबास गरेको वर्णन पाइन्छ। तर, त्यसबखतको नेपाल कत्रो थियो ? के कस्ता मानिस गाउँमा बस्थे ? जीवन पद्धति कस्तो थियो ? बोलचालको भाषा कस्तो थियो ? गुजारा कसरी चलाउँथे, अन्तरजातजाति वा अन्तर गण÷समुदाय सम्बन्ध कस्तो थियो ? आदि र मुलुक निर्माणमा गाउँ–नगरवासीको संलग्नता कसरी हुन्थ्यो ? मुलुक निर्माणमा गाउँ–नगरवासीको संलग्नता कसरी हुन्थ्यो ? यावत् कुराहरूको टुक्राटुक्री बयान भए पनि समग्रमा केही छैन। लिच्छविकालदेखि मात्र नेपाली समाजको धेरथोर परिचय पाउन सकिन्छ तर समग्रमा होइन।

‘इतिहास भनेको त जसले प्रचार गर्छ, उसैको आउने हो लिखितरूपमा। नेपालमा भने पीडितहरूको इतिहास जहिले पनि हामीले कोट्ट्याएर खोज्नुपर्ने हो। नेपालको हकमा राजा–महाराजा, उच्च पदस्थ र कुलीनहरूको इतिहास लेखे। रैतीको कुरा छोपिएरै रहे (डा. महेशराज पन्त– ‘शासकहरू जहिल्यै म र मेरो घेरामा रहे’ शीर्षकको अन्तर्वार्ता)। इतिहास लेखनमा तटस्थ विचारहरू प्रभावित भएको हुनुपर्छ। नियतवश लेखिएको कुरा सत्यपरक भए पनि विवादित हुन जान्छ।

आजकल कथ्यमा आधारित मुन्धुमहरू पनि लेख्यमा परिणत गरेर सही व्याख्या गर्ने प्रयत्न भइरहेको पाइन्छ।

‘इतिहासकारका धार्मिक र जातिगत अहम् होस् वा सत्ताको स्तुतिगानको कारण होस्। इतिहासकारहरू तत्कालीन वास्तविक सत्यतथ्य घटनाहरूप्रति इमान्दार रहेनन्। आपूm इतरका जाति वा धर्मावलम्बीहरूलाई निकृष्टरूपमा आफूलाई श्रेष्ठरूपमा प्रस्तुत गर्ने मनोगत भावनाले ग्रस्त विगतका इतिहासकारहरू देखिन्छन् (एमएस थापामगर– ‘कसैसँग रागद्वेष नराखी भन्नुपर्छ’ (भूमिका), प्रदीप थापामगरको ‘शाहवंशीय राजखलक र मगरहरू’ पहिलो भाग: २०००)। त्यसकारण यस पुस्तकमा प्राग्ऐतिहासिक कालदेखिको गाउँघर÷नगरका वासिन्दा÷वंश निर्माणका कुराहरू, जातजातिबीचको अन्तरसम्बन्धलाई खोतल्दै÷विवेचना गर्दै 
शुद्ध रगतको नश्ल÷वंश नेपाली जातजातिमा नभएको प्राप्त विवरण र तर्कहरूसहित यथार्थको धरातलमा उतार्न प्रयत्न गरिएको छ।

विगतका खोजीका आधार

नेपालको प्राग्ऐतिहासिक कालको प्रमाण पुराण, माहात्म्य, स्मृति ग्रन्थहरू, रामायण, महाभारत र यिनीहरूमा आधारित साहित्यिक रचनाहरू हुन्। ती विवरणलाई यथार्थको कसीमा ढालेर प्रामाणिक विश्लेषण गरेपछि इतिहास बन्छ। इतिहासको स्रोत वंशावली, शिलालेख, ताम्रपत्र, ताडपत्र, भोजपत्र, कनकपत्र, पुष्पिका वाक्य, स्वदेशी विदेशीका यात्रा विवरणहरू, अनुसन्धानात्मक पुस्तक तथा लेखहरू, हस्तलिखित अभिलेखहरू, ठ्यासफू, मुद्रा, सिक्का, धातु वा काठ वा ओडार वा घरका भित्तामा कोरे÷खोपेका चित्रहरू, जातीय मुन्धुमहरू (किरातहरूमा बेग्लाबेग्लै मुन्धुम र बेग्लाबेग्लै सृष्टिको उत्पत्ति धामी, झाँक्री, बिजुवा, माङ्पा र फेदङ्वाहरू बताउँछन्। जति बिजुवा उति नै मुन्धुम, उति नै सृष्टिको उत्पत्ति बेग्लिन्छ। फलाकेको शब्दको अर्थ उनीहरूलाई नै थाहा छैन। (डा. स्वामी प्रपन्नाचार्य, प्राचीन किरात इतिहास, २०५७) मानव अवशेष र खण्डहरू हुन्।

आजकल कथ्यमा आधारित मुन्धुमहरू पनि लेख्यमा परिणत गरेर सही व्याख्या गर्ने प्रयत्न भइरहेको पाइन्छ। पुरातात्त्विक अन्वेषणबाट प्राप्त माटो वा धातुका सामग्री, स्मारक, चिहान, मठ–मन्दिर, किल्ला आदि इतिहासका जग हुन्। यस्ता कतिपय ऐतिहासिक प्रमाणहरू महाभूकम्प, महामारी, महायुद्ध, सुनामी, आगलागी, बाढीपहिरोबाट विनाश भए भने कतिपय प्रमाणहरू समयमा हिफाजत गरी राख्न नजान्नाले पनि नष्ट भए। तथापि लोकोक्ति, जनश्रुति र विज्ञहरूको विश्लेषणबाट इतिहासलाई यथार्थपरक बनाउने प्रयत्न भएको पाइन्छ। आजकल धेरै थर, गोत्र, जातजातिले आआफ्नो पुख्र्यौली खोज गरी प्रकाशन गरेका वंशावली सामाजिक इतिहासका स्रोत बनेका छन्। विगतको इतिहासको खोजी गर्ने विज्ञहरू सीमित संख्यामा भए पनि अनवरत लागिरहेकाले आज नेपालको इतिहासको निर्माण यस अवस्थामा पुगेको हो (राजकुमार बानियाँको इतिहासका गुरुकिल्ली लेखमा नेपालको इतिहासलाई सही बाटोमा हिँडाउनेहरूको संक्षिप्त विवेचना गरिएको लेख: २०७७)।

जर्मन दार्शनिक हिगेलले ‘इतिहास पढ्नुभन्दा पनि बुझ्नु, बुझ्नुभन्दा पनि विश्लेषण गर्नु, विश्लेषण गर्नुभन्दा पनि त्यसबाट पाठ सिक्नु, पाठ सिक्नुभन्दा बढी नयाँ इतिहास रचना गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। इतिहासका घटनाहरू स्थिर हुन्छन् तर त्यसको ‘इन्टरप्रिटेसन’ भने गतिशील हुन्छ। इतिहास बदलिरहनु पर्दैन। इतिहासको पुनव्र्याख्या नै इतिहास बदल्नुसरह हो (डम्बर खतिवडाको लेख राष्ट्रियताको पुनव्र्याख्या: २०७१) भनेको यहाँ मननीय छ।

‘इतिहास जहिले पनि सामान्य मानिस (पुरुष÷महिला) हरूले गरेका कामबाट प्रभावित भइरहेको हुन्छ।’ उदाहरणका लागि मेडिटेरियन सागरदेखि भारतीय पश्चिमी सामुद्रिक तटसम्म सदियौंदेखि यहुदीहरूको व्यापार हुन्थ्यो। ईश्वरको नाम भएको कुनै पनि व्यक्तिगत वा व्यापारिक पत्र उनीहरूले नष्ट गर्दैनथे। व्यापारी मरेपछि त्यस्ता पत्रहरू पुरानो कायरोको फुस्तातमा संरक्षणका लागि पठाउँथे। हजारौं हजार त्यस्ता पत्रहरूबाट उसबेलाका विविध घटना र स्थितिको विवरण पाइन्छ (सञ्जीव सन्याल, द ओसन अफ चुर्न, आउ द इन्डियन ओसन सेप्ड ह्युमन हिस्ट्री: २०१६)। हाम्रा अग्रजहरूले त्यस्ता व्यक्तिगत पत्रहरू संकलन गर्ने थिति बसालेनन् मात्र होइन, जन्म कुण्डलीसमेत सम्बन्धित मान्छे मर्नेबित्तिकै उसैको चितामा जलाउने गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.