धनुषाको तिनकौरियामा स्थानीय र प्रहरीबीच झडप,  ८ सेल अश्रुग्यास प्रहार

धनुषाको तिनकौरियामा स्थानीय र प्रहरीबीच झडप,  ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पसलमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए । सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

प्रहरीले बाटो खुलाउन तथा बढ्दै गरेको आक्रोशको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । राति भएको आगलागीले पान पैलेस किरानाको समान तथा कपडा समेत जलेर १० लाख बढीको क्षति भएको छ ।

५० मिटरकै दुरीमा तीनकौरिया प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीय व्यापारीहरुको आरोप छ । स्थानीयहरु प्रहरीको कार्यशैलीप्रति रोष प्रकट गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीहरुको टोलि समेत पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बस्नेतले प्रहरी चौकी नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकारे । उनले चौकीमा कार्यरत प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.