राष्ट्रको समृद्धिमा सघाउने प्रतिबद्धता गर्दै सकियो एनआरएनएको १०औं महाधिवेशन

राष्ट्रको समृद्धिमा सघाउने प्रतिबद्धता गर्दै सकियो एनआरएनएको १०औं महाधिवेशन

काठमाडौं: गैरआवासीय नेपाली संघको प्रतिबद्धताः समृद्ध राष्ट्र निर्माणमा एकता भन्ने मूल नारा सहित सम्पन्न दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तराराष्ट्रिय महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नको लागि कानुनी संरचना सुधारको कदम चाल्न आग्रह गरिएको छ। १० अर्ब लगानी छिट्टै नेपाल ल्याउने उद्घोष गरिएको छ।

सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्य पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बनाउन गैरआवासीले योगदान गर्ने प्रतिबद्धता जनाइएको छ।

वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्णपालना, समस्यामा पर्ने कामदारलाई न्याय, उद्धार  र क्षतिपूर्तिका सकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्ने घोषणापत्रमा उल्लेख छ।

कोभिड १९ का कारण थला परेको नेपाली पर्यटन क्षेत्रलाई क्रियाशील तुल्याउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत संसार भरि रहेका नेपाली कूटनीतिक नियोगहरुसंग सहकार्य गर्ने जनाइएको छ। त्यसका लागि २ महिनाभित्र कार्ययोजना बनाइने उनले बताए।

विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तीनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरण बनाउने उल्लेख गरिएको छ। संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्ने भएको छ।

नेपाली अत्यधिक संख्यामा रहेका मुलुकमासरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन जोड दिइएको छ।

बाह्य लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संबोधन गरी लगानी आकर्षणको वातावरण बनाउन पहल गर्ने जनाइएको छ। नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोवास रहेका मुलुकसँग अविलम्व दोहोरो कर हटाउन माग गरिएको छ।

संघको संस्थागत संरचना सुधारमा महसुस गर्दै नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता  जनाइएको छ। एकतालाई कायम राख्न संस्थागत संरचना सुधार महसुस गर्दै सम्मेलनले नयँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गरेको छ।

नेपाल र नेपालीलाई कुनै पनि विपद् पर्दा संसारभरिका नेपालीहरुले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रवन्ध गरिएता कानून ननबेको भनदै यथाशीर्घ कानुन बनाउनु माग गरिएको छ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल मन्त्रलाई सार्थक बनाउन सीप, पूँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसारभरि रहेका गैर आवासीय नेपालीहरु प्रतिबद्ध रहेको जनाइएको छ। त्यसका लागि आवश्यक कानूनी सुधार एवं उपयुक्त संरचनाको विकासका लागि आग्रह गर्दै विश्वज्ञान सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्न कार्यदल बनाउन सरकारलाई आग्रह गरिएको छ। स्वतन्त्र र निस्पक्ष तवरले उक्त निर्वाचन हुँदा  संविधान कार्यान्वयन भई मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख हुने  विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.