मन–मस्तिष्कलाई बुझ्ने कि ?

मन–मस्तिष्कलाई बुझ्ने कि ?

पुरानो भनाइ छ, स्वस्थ्य शरीरमा स्वस्थ्य मस्तिष्कको बास हुन्छ। केही हदसम्म यो कुरो सही छ। स्वस्थ्य मस्तिष्कले नै स्वस्थ्य शरीरको निर्माण हुन्छ। जब स्वस्थ्य शरीर र  मस्तिष्क एक साथ हुन्छ तब कुनै पनि रोग निको भएर जान्छ। किनभने तपाईंको सकारात्मक सोचले नै सन्तुलित भोजन रोज्नु हुन्छ। अनि, तनावमुक्त रहनुहुन्छ। तनावमुक्त भए खाएको भोजन शरीरमा लाग्छ। शरीरलाई तरोताजा र पुन जीवन्त गर्न बनाउन मद्दत गर्छ अर्थात् आहार र विचार संयमित र सटिक हुनुपर्छ।

स्वास्थ्य के हो ? कुनै पनि किसिमको रोग शरीरमा नहुनुलाई स्वस्थ्य भन्न सकिन्छ। यो एक व्यापारिक परिभाषा हो। किनभने यो जान्न कुनै रोग त लागेको छैन ? यसका लागि तपाईंले चिकित्सकसँग परीक्षण गराउनुपर्ने हुन्छ। यो एउटा ठुलो व्यापारिक मामला हो। बिरामी मानिसको उपचार मात्र गर्ने हो भने आम्दानी सीमित मात्रामा नै हुन्छ। तर, प्रत्येक व्यक्ति परीक्षण गरायो भने तपाईं आफैं विचार गर्नुस् ? फेरि स्वास्थ्य के हो ? मानसिक, शारीरिक तथा अध्यात्मिक रूपले फिट हुनुहुन्छ भने तपाई ‘हिट’ हुनुहुन्छ। आफ्नो काम गर्न मन लागिरहेको छ। आफूलाई शक्तिले भरपुर महसुस गर्नुहुन्छ, उत्साहित रहनुहुन्छ भने तपाईं स्वस्थ्य हो।

बिरामी हुनुको कारण

आज हरेक किसिमको रोगका लागि औषधि छन्, तर पनि हामी अस्वस्थ्य छांै ? किनकि हामी यो सोच्छौं– ‘डाक्टर ! म धुम्रपानका साथै मदिरापान पनि गर्न चाहन्छु। तर, म बिरामी हुन चाहन्न। मलाई यस्तो कुनै औषधि दिनुस्।’ यस्ता व्यक्ति यस्तै सोच राख्छन्। ‘देयर इज अ पिल फोर एभरी इल।’ यथार्थ भने अर्कै छ। ‘देयर इज नोट पिल फर एनी इल, बट देयर इज इल फोलोइङ एभ्री पिल’। बिरामी हुनुको पछाडि कारण के छ त ? प्रकृतिको विकृति नै रोगहरूको कारण हो। प्रकृतिसँग छेडछाड गर्नु, उसको विपरीत हिँड्नु हो। प्रकृतिको आफ्नै चक्र हुन्छ। उदाहरणका लागि बिहान सूर्योदय हुनु, साँझपख अस्ताउनु, जसको प्रभाव हाम्रो शरीरमा पर्छ।

शरीरको मेटाबोलिज्म सूर्यास्त हुनुको साथै मन्द हुन जान्छ। यहीकारण भनिन्छ कि सूर्यास्त भएपछि खाना खानु हुँदैन। हामी यो कुरोलाई  सुन्दैनौं। हामी रातभर काम गर्छौं। के हाम्रो मेटाबोलिज्म खराब हँुदैन ? जब मेटाबोलिज्म खराब हुन्छ भने शरीरको आन्तरिक सन्तुलन पनि खराब हुन्छ। जसले गर्दा हामीलाई कयौं प्रकारको रोग लाग्छ। कुनै पनि रोगको सुरुआत हाम्रो मन (माइन्ड) बाटै हुन्छ। माइन्ड (मन) शरीरको प्रत्येक कोशिकामा विद्यमान छ। मानव शरीरमा अरबौं कोशिका (सेल) छन्, प्रत्येक कोशिकाको आफ्नै पहिचान छ। स्वयं बाँच्न सक्छ, यसको आफ्नै मेमोरी हुन्छ। कोशिकाको आफ्नै छुट्टै कार्यप्रणाली छ। खान सक्छ। उत्सर्जन गर्न सक्छ। स्वास फेर्न सक्छ। अर्थात्, उसको आफ्नै माइन्ड (मन) हुन्छ। यस आधारमा हामी भन्न सक्छौं कि मानव शरीर मानव माइन्ड नै हो। मानव शरीरलाई स्वस्थ्य राख्न सर्वप्रथम मनलाई ठिक राख्न जरुरी छ।

माइन्ड के हो ? माइन्ड हो– मन, विचार र बुद्धि। ब्रेन (मस्तिष्क) विचारहरूलाई उत्पन्न गर्दैन, मनले गर्छ। किनभने शरीरको प्रत्येक कौशिका (सेल)सँग माइन्ड छ। यो बिरामी भयो भने हामी बिरामी हुन्छौं। यसकारण बिरामीलाई निको पार्न शरीरलाई मात्र होइन, मन, विचार र बुद्धिसमेतलाई निको पार्नु पर्छ। कुनै पनि रोग हुने कारण हो, अनुवांशिक कारण। एउटा अनुसन्धान ‘मल्टिपल रिस्क फ्याक्टर इन्टर्नभेन्सन ट्रेइल’मा भनिएको थियो, यदि तपाईंले रिस्कको कारण हटाई दिनुभयो भने पनि त्यस रोगप्रतिको रिस्क उत्तिको उत्तिनै रहन्छ। रोग लाग्नबाट न त ‘फुलबडी चेकअप’ले बचाउन सक्छ, न त ‘रिस्क फ्याक्टर’ हटाउनाले रोगबाट बच्न सक्नु हुन्छ। परिवारमा कसैलाई मधुमेह छ भने यो कुनै जरुरी छैन कि तपाईंलाई पनि हुन्छ। चिनी (गुलियो) कम खानाले तपाईंलाई चिनीको रोग (मधुमेह) नहुने भन्ने होइन। सम्पूर्णतः स्वास्थ्य तपाईंको वातावरण र जिउने तौरतरिका तथा शैलीमा भरपर्ने हो।

मस्तिष्कले स्वयं रोगहरूलाई निको पार्छ कसरी ?

हाम्रो शरीर सय ट्रिलियन कोशिकाहरूबाट बनेको छ। हामीभित्र यति नै मात्रामा मानव अस्तित्व छ। प्रत्येक सेल आफैंमा एक अस्तित्व हो। प्रत्येक कोशिकासँग कार्यप्रणाली छ। ऊ आफैं आराम गर्छ। उत्सर्जन गर्छ। प्रजनन् पनि गर्न सक्छ। जब हामी कुनै पनि औषधि वा भिटामिन लिन्छौं तब शरीरले भन्छ, यो त नयाँ कुनै बाहिरी चिज हो। त्यसलाई नष्ट गर्न लिभरकहाँ पठाइदिन्छ। लिभरले त्यसलाई नष्ट गरी शरीरबाट बाहिर ऊत्सर्जित गरी फ्याँकिदिन्छ। तर, हामी औषधिलाई उसको प्रकृतिरूपमा ग्रहण गर्छौं। त्यसबेला शरीरले भन्छ– यसलाई त चिन्छु र ग्रहण गर्छ।

औषधिको प्राकृतिक गुणले रोगलाई निको पार्छ। त्यो औषधि हो जसले असर गर्छ। हाम्रो आफ्नो मस्तिष्क छ, जसले यस औषधिलाई ग्रहण गरी कुनै रोगलाई निको पार्न सक्छ। औषधिको प्रतिकूल प्रभाव भइरहेको छ भने त्यो हाम्रा कारणले भइरहेको छ। किनभने हामी सौच्छौं कि शरीरलाई निको पारे हामी बिरामीलाई निको पार्न सक्छौं। तर, यस्तो हँुदैन। स्वस्थ्य मस्तिष्कबिना रोग निको पार्न सकिँदैन। रिसर्चमा देखिएको छ कि हाम्रो शरीरको आफ्नो सिस्टमले हामीलाई स्वस्थ्य बनाउँछ।

उदाहरणका लागि– एउटा बिरामीलाई मोर्फिन दुखाइ कम गर्न दिइयो तर उसलाई भनियो कि तपाईंलाई भिटामिन दिइरहेका छौं। यसले तपाईंको व्यथालाई कम गर्छ तर दुखाइ कम गर्दैन। यस कुराले रोगीको मस्तिष्कको पीडा कम गर्ने प्वाइन्ट निदायो। जबकि मोरफिन आइभीबाट गइरहेको थियो। एक अर्को बिरामीलाई भिटामिनको इन्जेक्सन दिइयो र उसलाई भनियो कि तपाईंलाई दुखाइ कम गर्ने औषधि दिइएको छ। केही समयमै बिरामीको दुखाइ कम भयो। यी सबै कुराबाट के थाहा पाइन्छ भने दोस्रो बिरामीलाई चिकित्सकमाथि विश्वास भयो। जसले गर्दा मस्तिष्कले सिग्नल पायो कि औषधि शरीरभित्र गइरहेको छ। मस्तिष्कले पीडा कम गर्ने केमिकल बनाउन थाल्यो। जसले गर्दा उसको दुखाइ आफै कम हँुदै गयो।

यहाँ दुखाइलाई औषधिले कम गर्नमा मद्दत त गर्‍यो तर जबसम्म मस्तिष्कले यो कुरालाई स्वीकृत गर्दैन तबसम्म कुनै पनि औषधिले रोगीलाई निको पार्न सक्दैन। होमियोप्याथिक यसै सिद्धान्तमा काम गर्छ। ‘ट्रिट दि पेसेन्ट, नोट दि डिजिज’ यसमा रोगलाई मात्र होइन, रोगीलाई नै पूर्णतया उपचार गरिन्छ। यसको औषधि रोगीको मनमस्तिष्क स्तरमा गएर काम गर्छ। यसले रोगलाई मात्र निको पार्दैन बरु तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। रोगलाई शरीरबाट बाहिर निकालिदिन्छ, रोगलाई हेरचाह गर्ने क्षमता राख्छ। यदि स्वस्थ्य रहन चाहनुहुन्छ भने आफ्नो जीवनशैलीलाई ठिक गरौं।

आफ्नो मस्तिष्कलाई शुद्ध विचार र सकारात्मक सोचले उर्जावान् राखौं। यदि कुनै स्वास्थ्य समस्या भएमा होमियोप्याथिक चिकित्सातर्फ जाऊँ। विश्वास राख्नुस् यसले तपाईलाई पूर्णरूपले स्वस्थ्य बनाउँछ। जब तपाईं स्वस्थ्य हुनुहुन्छ भने कुनै पनि भाइरस या ब्याक्टेरिया शरीरमा प्रवेश गर्न पाउँदैन। त्यसैले होमियोप्याथी अपनाऔं र स्वस्थ्य रहौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.