गठबन्धनको बलमा होइन, आफ्नै तागतमा चुनावमा जाने हो : प्रचण्ड

गठबन्धनको बलमा होइन, आफ्नै तागतमा चुनावमा जाने हो : प्रचण्ड

रोल्पा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नै पार्टीको तागतमा चुनावमा जाने र परिणाम आफ्नो पक्षमा पार्ने बताएका छन् । 'गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको तागतमा स्थानीय चुनाव जाने हो । लामो समयपछि रोल्पा आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, 'गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिइनेछ ।'

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराको मेबाङस्थित घर पुगेका अध्यक्ष दाहालले पत्रकारसँग बोल्दै देश सम्पूर्णरुपमा चुनावमा गएको बताए । सबै दलले चुनावबाट आफ्नो पक्षमा परिणाम ल्याउन लागि परेका छन् , अध्यक्ष दाहालले भने, 'हामीले पनि आफ्नो पार्टीले आफ्नै खुट्टामा टेकेर, आफ्नै बलको तागतमा चुनावमा जाने हो । गठबन्धनको भर परेर होइन आफ्नै तागतमा चुनाव लड्ने हो ।'

उनले गठबन्धन र तालमेल समेत गर्न सकिने बताए । महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुनेबारे छलफल चलिरहेको बताए । कांग्रेसको केन्द्रीय समितिको बैठकका अधिकांश सदस्यले समेत तालमेल र गठबन्धन गरेर जानेबारे बोलिरहेको तर्फ संकेत गर्दै गठबन्धन हुनेतर्फ संकेत पनि गरे ।

विषेश राजनीतिक परिस्थितिमा बनेको गठबन्धन भएको जिकिर गर्दै प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको समेत आरोप लगाए । जनयुद्धले ल्याएका उपलब्धिलाई समेत उल्ट्याउन खोजिएको समेत दावी गरे । रोल्पा नगरपालिकाले रोल्पाको अग्लो डाँडा सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यु टावर उद्घाटन गर्न आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त बोले । 

अध्यक्ष दाहालले जनयुद्धको तयारी, आधार क्षेत्र रोल्पालाई बनाएको र अन्तिम समयमा दुई वर्ष रोल्पामा बसेको समेत स्मरण गरे । उनी शान्ति प्रक्रियायता भने सात वर्षपछि रोल्पा आएका हुन् । हेलिकोप्टरबाट आएका दाहाल सिधै महराको घर पुगे । महराका पत्नी सीता महराको सम्झनामा निर्माण गरिएको सीता स्मृति पार्कको समेत अवलोकन गरे । अध्यक्ष दाहालसँगै नेता महरा, लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल र रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी समेत थिए ।

अध्यक्ष दाहालले जनयुद्ध स्मृति भ्यु टावर उद्घाटनसहित नेकपा माओवादी जिल्लाले सदरमुकाम लिबाङमा आयोजना गर्ने खुला सभालाई सम्बोधन गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.