४१ औं स्थापना दिवसमा संस्कृतिविद र साहित्यकारलाई सम्मान

४१ औं स्थापना दिवसमा संस्कृतिविद र साहित्यकारलाई सम्मान

बनेपा : काभ्रेकै पुरानो बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस सोमबार मनाइएको छ। पूर्वसञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँसकोटाको प्रमुख आतिथ्यतामा स्थापन दिवसको अवसरमा बनेपाको पदक तथा सम्मान (स्थापना तथा वितरण) कार्यविधी २०७७ बमोजिम स्थापित बनेपा सेवा पदक, दीर्घ सेवा पदक तथा बनेपा तारा पदकद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ।

बनेपाकै तेस्रो ठूलो पदककारुपमा स्थापित बनेपा तारा पदक संस्कृतिविद ज्ञानकाजी मानन्धर र वरिष्ठ साहित्यकार मोहन दुवाललाई ४१ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो।

कार्यक्रम बनेपा तीनधारा क्षेत्रको सार्वजनिक स्थानमा रहेको पसल हटाई उदाहरणी कार्य गर्ने पूर्णकाजी ठिमी श्रेष्ठलाई कदर पत्रद्वारा सम्मानित गरिएको थियो। बनेपा नगर क्षेत्र भित्र रहेका विद्यालयमा १५ वर्षभन्दा बढी स्थायी सेवा अवधी भएका शिक्षकहरु, बनेपा नगरपालिका कार्यालयमा १५ वर्षभन्दा बढी समयदेखि कार्यरत स्थायी कर्मचारीहरुलाई बनेपा सेवा पदकबाट सम्मानित गरिएको थियो।

२०७४ वैशाख १ पछि निवृत्त भएका नगर क्षेत्र भित्र कार्यरत शिक्षकहरुमा दोसल्ला ओढाई कदरपत्र प्रदान गरिएको थियो। साथै २५ वर्ष स्थायी सेवा अवधी पुगेका कर्मचारीमा बनेपा दीर्घसेवा पदक प्रदान भएको थियो।

नगरको ४१ औं स्थापना दिवस अवसरमा बनेपाका ४, ५, १०, ११ र १४ वडालाई बालमैत्री वडाकारुपमा सम्मानित गरिँदै बनेपालाई बालमैत्री उन्मुख नगर घोषणा भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.