टाइफाइडविरुद्ध खोप अभियान

टाइफाइडविरुद्ध खोप अभियान

गुलरिया : सरकारले देशैभर एकै चरणमा टाइफाइडविरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ। खोप लगाउन छुटेका बालबालिकालाई अभियानपछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो।

नजिकिँदो निर्वाचन, कोभिडविरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु चापाचापमा परेका छन्। चैत्र २५ गतेदेखि ०७९ वैशाख १८ गतेसम्म टाइफाइड रोगविरुद्धको खोपअभियान तालिका तय गरिएको छ। ५ वर्षदेखि १५ वर्ष मुनिका विद्यालयमा अध्ययनरत बालबालिका खोपका टार्गेट हुन्। विद्यार्थीहरुको परीक्षा नजिकिनु र विद्यालय बन्द हुने महिनामा अभियान सञ्चालन गर्दा विद्यार्थी बालबालिकाहरु नभेटिने हुन् कि भन्ने चिन्ता थपिदिएको छ।
    

विद्यालय उमेर समूहका बालबालिका बाहेक १५ महिनादेखि ४ वर्ष उमेर समुहका बालबालिकालाई एचएमआईएसको तथ्यगत आधारमा खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। 'विद्यालयहरु बन्द नहुँदै खोप लगाउने गरी हामीले तयारी गरेका छौं। जेठ महिनापछि पनि खोप अभियान कार्यक्रम संचालन गर्न वर्षायामले कठिनाई पार्छ। अभियानमा छुटेका बालवालिकालाई अभियानको १ महिनापछि नियमित खोपमै टाइफाइड विरुद्धको खोप संचालन हुन्छ। विद्यालय बाहिर रहेका बालवालिका पनि खोपबाट वञ्चित हुँदैनन्', उनले भने।
    
गिरीले भने, 'विश्वका ४ देशले मात्र यो खोप लगाएका छन्। खोप लगाएपछि टाइफाइड रोगबाट जोगिन मद्दत पुग्छ। खोप लगाएपछि केही दुख्ने बाहेक अन्य कुनै लक्षण देखिंदैन। खोप राम्रो छ। ट्रायलमा आएको खोप होइन।' ढुक्क भएर खोप लगाउन उनले आग्रह गरे। निशंकोच भएर लक्षित उमेर समुहका बालबालिकालाई खोप लगाउन अभिभावक लगाएत सबैले सहयोग गरौं। खोप सञ्चालन निर्देशिका अनुसार खोप लगाइने उनले जानकारी दिए। 
    
जिल्लामा १ लाख १० हजार ६९ जना लक्षित बालवालिका छन्। अभियानका लागि ५ सय ४९ जना स्वास्थ्यकर्मी र १ हजार ९८ जना स्वयंसेवक खटिएको प्रमुख गिरीले प्रष्ट्याए। बर्दियाका ८ वटै पालिका गरी ३ सय ८९ वटा विद्यालयहरु रहेको शिक्षा विकास तथा समन्वय इकाइ बर्दिया प्रमुख रेविका अमात्यले बताईन्। २ सय ७४ वटा विद्यालयहरु र ७५ वटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ। लक्षित विद्यार्थीहरु खोप लगाउनबाट कोहिपनि नछुटुन भनी समन्वय इकाइले विद्यालयहरुमा सहजीकरण गरेको प्रमुख अमात्यको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.