अमर नेम्बाङको स्मृतिमा दुई स्रष्टा पुरस्कृत

अमर नेम्बाङको स्मृतिमा दुई स्रष्टा पुरस्कृत

फिदिम : पाँचथरको फाल्गुनन्द गाँउपालिकाका पूर्व अध्यक्ष अमर नेम्वाङको तेस्रो स्मृति दिवसको अवसरमा सदरमुकाम फिदिममा विविध कार्यक्रमको आयोजना गरिएको छ। 

अमर नेम्वाङ लिम्बूस्मृति प्रतिष्ठानले दुई जना स्रष्टालाई पुरस्कार प्रदान गरको छ। साहित्यकार बिना थिङ र सारदा सुब्बालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो। फिदिमको मनस्वी होटलमा आयोजित कार्यक्रममा थिङ र सुब्बालाई जनही ३० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो। 

राजनीतिज्ञ, साहित्यकार र समाजसेवीको पहिचान बनाएका नेम्वाङको सम्झनामा उनको परिवारले प्रतिष्ठान स्थापना गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 

तेस्रोस्मृति दिवसको अवसरमा फाल्गुनन्द-१ नवमीडाँडास्थित सिद्ध माविमा अध्ययनरत मनिशा चेम्जोङलाई १० हजार राशिको छात्राबृति प्रदान गरिएको छ। उक्त अवसरमा फालेलुङ गाँउपालिका-६ बरभञ्ज्याङका तीन जना र कुम्मायक गाँउपालिकाको यासोक बजारका एक जना अग्नीपीडितलाई राहत प्रदान गरिएको हो। चार घर अग्नी पीडितलाई प्रतिपरिवार १० हजार रुपैयाँको दरले राहत प्रदान गरिएको हो। 

प्रतिष्ठानका अध्यक्ष तथा नेम्वाङका जेठा छोरा मुनेन्द्र नेम्बाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिब ढुंगानाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साहित्यकारहरुले रचना बाचनसमेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.