गणपुरक संख्या नहुँदा अढाई मिनेटमै प्रदेशसभा बैठक स्थगित

गणपुरक संख्या नहुँदा अढाई मिनेटमै प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम : मधेस प्रदेशसभाको बैठक अढाई मिनेटमै स्थगित हुन पुगेको छ। गणपूरक संख्या उपस्थिति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक स्थगित अढाई मिनेटमै स्थगित भएको हो। बुधबार बसेको प्रदेश सभाको बैठकमा जम्मा १४ जना प्रदेशसभा सदस्य मात्र उपस्थित हुँदा गणपुरक संख्या नपुगेको भन्दै सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नभएकाले बैठकलाई स्थगित गर्न सभामुखसँग माग गरेका थिए। त्यस्तै नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले पनि गणपुरक संख्या नपुगेको र विभिन्न विधेयक उपर मन्त्रीहरुलाई जवाफ दिनुपर्ने भएको हुनाले बैठक स्थगित गर्न आग्रह गरेका थिए।

उनले भने, ‘सभाको बैठकमा गणपुरक छैन, विधेयक उपर र विभिन्न उठ्ने विषयमा जवाफ दिने मन्त्री आफ्ना राजनीतिक पार्टी र निजी काममा व्यस्त भएको कारण जवाफ दिनेको नै अनुपस्थितिले बैठकको के औचित्य हो, स्थगित गरौं।’ मधेश प्रदेशसभाको गणपुरक संख्या २६ रहेकोमा १४ जना सांसदको मात्र उपस्थिति भएपछि सांसदहरुकै आग्रहमा आजको बैठक स्थगित गर्नुपरेको सभामुख यादवले बताए।

आजकको बैठकमा प्रमाणीकरण भएको विधेयक पत्र पढेर सभामुख पढेर सुनाउने, प्रदेश प्रहरी गठन एवं संचालन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल, त्यसलाई पारित गरियोस प्रस्ताव र उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकमा विचार गरियोस प्रस्ताव पेश गर्नु कार्यसूची रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.