राजविराजले उचाल्यो सप्तरी प्रिमियर लिगको उपाधि

राजविराजले उचाल्यो सप्तरी प्रिमियर लिगको उपाधि

राजविराज : राजविराजमा बुधबार सम्पन्न चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंग्सले उचालेको छ।

राजविराजस्थित रंगशालामा सम्पन्न फाइनल खेलमा तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्दै राजविराज द किंग्सले उपाधि उचालेको हो। उपाधि हात पारेको राजविराज द किंग्सले नगद ३ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ।
 

राजविराज द किंग्सले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभर खेल्दै १०९ रनमा सम्पूर्ण विकेट गुमाएपछि उपाधि राजविराजले हासिल गरेको हो।
    
टस जितेर ब्याटिङ्ग गरेको राजविराज द किंग्सले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन जोडेको थियो। राजविराज द किंग्सको ब्याटिङ्गमा ओपनर सन्तोष कार्कीले ४४ बल खेल्दै सर्वाधिक ८२ रन बनाए। जसक्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे। म्यान अफ द फाइनल भएका सन्तोष कार्कीले उत्कृष्ठ व्याट्स म्यानको उपाधिसहित ट्रफी र नगद १५ हजार रुपैयाँसमेत हात पारे। 

तिलाठी कोइलाडीको बलिंगमा अभिषेक कार्कीले सर्वाधिक ४ विकेट लिए। जुन क्रममा उनले ३ ओभरमा १६ रन खर्चिए। अभिषेक कार्कीले उदयमान खेलाडीका रुपमा ट्रफीसहित १५ हजार बराबरको क्रिकेट खेल सामाग्री प्राप्त पारे। 

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। राजविराज द किंग्सका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिरदोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए।

पहिलो पटक फाइनलमा पुगेको तिलाठी कोइलाडीले उपविजेतामा चित्त बुझाउनु पर्यो। तिलाठी कोइलाडीले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। 

प्रतियोगिताकै उत्कृष्ठ खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनिल धमलाले २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गरे। उत्कृष्ठ बलर राजविराज द किंग्ससका रुपेश कुमार सिंह घोषित भए। उत्कृष्ठ बलर सिंहले समेत १५ हजार रुपियाँ प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.