स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : जनकपुरमा स्कुल बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान अगाडि जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुल बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । 

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रदेश २-०३-००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनालगत्तै फरार भएका ठक्कर दिने स्कुल बसका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.