रकम हिनामिनामा कैदसहित साढे २ करोड बढी जरिवाना तोकिएका ३ जना फरार पक्राउ

रकम हिनामिनामा कैदसहित साढे २ करोड बढी जरिवाना तोकिएका ३ जना फरार पक्राउ

गुलरिया : बर्दिया जिल्ला अदालतले सहकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा कैद तथा सजाय तोकेका ३ जना फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको प्रहरी टोलीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको असोज १३ गतेको आदेशले उनीहरुलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको आदेश सुनाएको थियो।

सरकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा अदालतबाट सजाय सुनाइएका बर्दियाका तीनजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए । उनीहरुमाथि कैदसहित २ करोड ६३ लाख ९४ हजार ३४५ रुपैयाँ ९३ पैसा जरिवाना तोकिएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ५ निवासी मटराम थारुलाई २ वर्ष ८ महिना १ दिन कैद सजाय र ८८ लाख २ हजार ६ सय १५ रुपैयाँ ३१ पैसा जरिवाना तोकिएको छ । फत्तु थारुलाई २ वर्ष ८ महिना १ दिन कैद र ८८ लाख दुई हजार ६ सय १५ रुपैयाँ ३१ पैंसा जरिवाना तथा हरिराम थारुलाई ८७ लाख ८९ हजार १ सय १५ रुपैयाँ ३१ पैंसा जरिवाना तोकिएको डीएसपी शाहीले बताए ।

बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित बढैयाताल बहुउद्देश्यीय कृषि सहकारी संस्था संचालनका क्रममा रकम हिनामिना गरेको पुष्टि भएका उनीहरुलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले जानकारी दिए । धरौटीमा बसेर मुद्धा चलिरहेका उनीहरु अदालतबाट सजायको फैसलापछि पनि फरार रहेकाले पक्राउ गरिएको निरीक्षक थापाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.