दुई वर्षपछि बन्यो गौशाला नगरपालिकाको भवन

दुई वर्षपछि बन्यो गौशाला नगरपालिकाको भवन

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट कार्यालय संचालन गर्ने जिल्लामै पहिलो पालिकाकोरुपमा स्थापित भएको छ। १५ पालिका रहेको महोत्तरीमा आफ्नै प्रशासनीक भवनबाट सेवा संचालन गर्ने जिल्लाको एक मात्र पालिका रहेको छ।

 
मासिकरुपमा हजारौं रकम घरभाडामा खर्च गर्दै आएको नगरपालिकाको जग्गा खरिद गरी भवन निर्माण गरिएको हो। नगरस्तरीय बजेटमार्फत साढे ४ करोडको लागतमा अत्याधुनिक सुविधासम्पन्न तीनतल्ले सो प्रशासनीक भवन निर्माण गरिएको हो। गौशाला नगरपालिका-४ विर्तामा आधुनिक प्रविधियुक्त सुविधासम्पन्न ३ तल्ले भवनको निर्माण भएको हो। जसको पहिलो र दोस्रो तल्लामा कार्यालय संचालन रहेको छ भने तेस्रो तल्लामा दुई अलग अलग मिटिङ्ग हल बनाईएको छ। 

हनुमान कन्ट्रक्शन प्रालि काठमाण्डौले सो संरचनाको निर्माण गरेको हो। आर्थिक वर्ष २०७६।०७७ को नगरस्तरीय योजनामार्फत ४ करोड ३७ लाख ८७ हजार ५ सय ३४ रुपैयाँको लागतमा सो प्रशासनीक भवनको निर्माण भएको गौशाला नगरपालिकाले जनाएको छ।

भाडामा कार्यालय संचालन गर्दा अनेकौ समस्याहरु आउने गरेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले जानकारी दिए। भवन निर्माण भएपश्चात अब जनमुखि तवरले सेवा प्रदान गर्नका लागि नगरपालिका हरेक पक्षले तयार रहेको प्रमुख प्रशासकीय अधिकृत थापाले दावी गरेका छन्।
  
विसं २०७१ सालमा स्थापना भएको गौशाला नगरपालिकाले विभिन्न वाधालाई चिर्दै अन्नतः ७ वर्षपछि सुविधा सम्पन्न प्रशासनीक भवन पाएको नगरपालिकाका उपमेयर आशा लामाले बताईन्। उनले भनिन्, ‘अब नगरपालिकाको घरभाडाबापतको मासिकरुपमा हजारौ रकम बचत हुन्छ। हुन त स्थापना भएकै समयदेखि पालिकाले भवन निर्माणको लागि पहल गर्दै आएको थियो तर विविध प्राविधीक कारणवश सो कार्य पुरा हुन सकेको थिएन्।’
  
५ वर्षे कार्यालयको उपलब्धि मध्यकै सबैभन्दा ठुलो उपलब्धिकोरुपमा नगरको प्रशासनीक भवन निर्माण कार्य नै रहेको मेयर शिवनाथ महतोले बताए। मेयर महतोले भने, ‘नगरभित्र अनेकौ संरचनाको निर्माण भएको छ। जसमध्ये सवैभन्दा उत्कृष्टकोरुपमा यो नै संरचा बनेको हो। सो भवन पूर्वनिर्धारित समयभन्दा ७ महिनापछि मात्र हस्तान्तरण भएको हो। अब कार्यालय परिसरभित्र पानीको फोहोरा फाल्ने संरचना, सवारी पार्किङ्ग लगायतका वाह्य संरचनाहरुको निर्माण कार्य केही दिनमै सम्पन्न हुनेछ।’ 

विसं २०६८ साल साउन १ देखि गौशाला नगरपालिकाको स्थापना भएतापनि कार्यान्वयनमा भने २०७१ जेष्ठ ४ देखि आएको थियो। पहिलो चरणमा गौशाला, निगौल र रामनगर गाउँविकास समितिहरू समावेश गरिएको थियो भने पछि वेलगाछी, फुलकाहा, लक्ष्मिनियाँ र भरतपुर गाविसलाई यसमा गाँभिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.