एमबीबीएस प्रवेश परीक्षा : ४ जना नक्कली परीक्षार्थी पक्राउ

एमबीबीएस प्रवेश परीक्षा : ४ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्। काठमाडौं र भक्तपुरको विभिन्न परिक्षा केन्द्रबाट परीक्षामा संलग्न ४ जनालाई पक्राउ गरिएको महानगरिय अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए। 

यस्तै अन्य १ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेकामध्ये केही एमबीबीएस पढ्दै गरेका विद्यार्थी भएको खुलेको छ। केही सिनियर डाक्टर पनि हुन सक्ने प्रहरीले जनाएको छ।

शुक्रबारदेखि एमबीबीएसको परिक्षा सुरु भएको छ। एसएसपी कुँवरका अनुसार अपराध महाशाखाले नक्कली परिक्षार्थी विरुद्धको अपरेसन सुरु गरेको छ। फिल्डमा खटिएको अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाको अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको कुँवरले बताए।

यसअघिपनि एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.