८० प्रतिशत स्थानमा गठबन्धन कायम हुन्छ : मुख्यमन्त्री पाण्डे

८० प्रतिशत स्थानमा गठबन्धन कायम हुन्छ : मुख्यमन्त्री पाण्डे

नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सत्ता पक्षीय दलहरुको गठबन्धन स्थायी भएको बताएका छन्। उनले गठबन्धन कायम गरेरै सरकारका दलहरु अबको सबै निर्वाचनमा जनतामाझ जाने बताए। 

नुवाकोटको विदुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले देशमा सबै क्षेत्रको विकास र परिवर्तनका लागि वर्तमान दलीय गठबन्धनको स्थायी निरन्तरता हुने बताए। सत्ताधारी गठबन्धन स्थानीय, प्रदेश तथा संघीय निर्वाचनसम्मै जाने बताए। 

उनका सरकारवादी दलहरुबीचको चुनावी गठबन्धनको विषयमा अनेक चर्चा तथा परिचर्चा भइरहेको उल्लेख गर्दै देशमा चुनावी गठबन्धन गरेरै अग्रगमनलाई आत्मसात गरिने बताए। उनले अबको निर्वाचनमा केही छिटपुट र सामान्य विवादबाहेक ८० प्रतिशत स्थानमा चुनावी गठबन्धन कार्यान्वयन हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.