सिनेमाको भविष्य खोज्दै निफ

सिनेमाको भविष्य खोज्दै निफ

काठमाडौं : चलचित्रमा पैसा लगानी गर्नु चानचुने कुरा होइन। करोडौंको लगानीमा चलचित्र निर्माण हुन्छन्। तर, लगानीसमेत उठाउन नसक्नु धेरै नेपाली चलचित्रको वास्तविक कथा हो। 

विदेशी चलचित्रसँगको प्रतिस्पर्धाका कारण नेपाली दर्शककै मन जित्न अहिले गाह्रो छ। तर, केही त्यस्ता चलचित्र बनेका छन् जसले अन्तर्राष्ट्रिय चलचित्र बजारमा राम्रो स्थान पनि जमाएकै छन्। यस्तै अन्तर्राष्ट्रिय बजारमा मजबुत स्थान जमाउने कस्तो चलचित्र बनाउने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा बहस भएको छ। महोत्सवको दोस्रो दिन शुक्रबार नेपाली चलचित्रको भविष्यको विषयमा छलफल भएको हो। 

दोस्रो दिन चलचित्र निर्माणसम्बन्धी तीन विषयमाथि छलफल भएको थियो। नेपाल पर्यटन बोर्डमा नेपाली सिनेमाको अबको बाटो र भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यको चलचित्र निर्माणसम्बन्धी कक्षा भयो। छलफलमा कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ, वितरक तथा निर्माता सुशील पौडेल र डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग बहस भएको थियो।

बहसमा चलचित्रको विकास र स्तरीयता विकासका साथै फिल्मको बजारीकरण र कथावस्तुमा थोरै मेहनत गरे अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने धारणा राखिएको थियो। कलाकार तथा निर्माता रविन्द्रसिंह बानियाँले नेपाली फिल्मको भविष्य उज्ज्वल भएको बताए। उनले भने, ‘यो क्षेत्रमा आशाको किरण देखिएको छ। त्यसैले नै म यहाँ छु।’ नेपाली फिल्मका लगानीकर्ताले बुझेर फिल्म नबनाएसम्म यो जुवाको खालजस्तो हुने धारणा उनको थियो। उनले भने, ‘फिल्ममा पैसा लगानी गर्नु चानचुने कुरा होइन। एउटा फिल्म फ्लप हुँदैमा हराउने लगानीकर्ताका कारण फिल्म व्यावसायिक हुन नसकेको हो।’

निर्माता तथा वितरक सुशील पोखरेलले पहिले जस्तो निर्माता बाँचे फिल्म बाँच्छ भन्ने धारणा नयाँ पुस्ताले बिर्सिएको दुःखेसो पोखे। उनले भने, ‘नेपाली फिल्मले पुराना पुस्ता र नयाँ पुस्ताबीचको तालमेल मिलाउन सकेन। यही तरिकाले अघि बढे भविष्यमा दुर्घटना हुने सम्भावना धेरै हुन्छ।’ डिस होमका व्यवस्थापकीय निर्देशक सुदीप आचार्यका अनुसार नेपाली फिल्म कपी कन्टेन्टबाट टाढा बस्न सके भविष्य राम्रो छ। उनले भने, ‘महँगोमा फिल्म बनेर मात्रै त्यो राम्रो हुने होइन।’ सस्तो र बलियो कन्टेन्टमा जोड दिन सके मात्रै नेपाली सिनेमाको भविष्य उज्ज्वल बन्न सक्ने सबैको धारणा थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.