कर्णालीमा ट्रयाक्टर दुर्घटना
बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको पिलिचौरको कर्णाली नदिमा निर्माण गरिएको फेरीसहित ट्रयाक्टर दुर्घटना भएको छ। फेरीको पिल्लर याङ्करको वेल्डिङ फेरी संचालन नएको एक महिना नपुग्दै भाच्चिएको हो।
बाजुरा जिल्लाको कर्णाली पारी रहेको स्वामिकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्नका लागि स्वामिकार्तिक खापर गाउँपालिकाले फेरि निर्माण गरेको हो। स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय नेत्रबहादुर शाहीको ट्र्याक्टर तार्ने क्रममा शुक्रबार बिहान फेरीको पिल्लर याङ्करको वेल्डिङ भाच्चिएको हो।
ट्र्याक्टर तार्ने क्रममा फेरीको डोरी चुडिएपछि फेरी कर्णाली नदिको तिरमा सर्पोटले थुनिएको छ। निर्माण भएको एक महिना नवित्दै फेरीको डोरी चुडिनु निर्माण कम्पनीको लापर्वाही भएको स्थानीयले बताएका छन्।
उक्त फेरीमा भे १ त ९४३१ नम्वरको टेक्टर दुर्घटना भएको छ। ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ असारमा १ करोड ७५ लाखमा मिलोमतोमा सुनन्दा मष्टेश्वरी निर्माण सेवाले ठेक्का लिएको थियो।
बाजुराको एक मात्र यातायातले नछोएको स्थानीयतह स्वामीकार्तिक खापर गाउँपालिकाले एक महिना पनि राम्रोसँग यातायातका साधानको सेवा पाउन सकेको छैन।