जंगली च्याउ खाँदा १० जना विरामी

जंगली च्याउ खाँदा १० जना विरामी

तनहुँ : जिल्लाको म्याग्दे गाउँपालिका-३ धयेरेमा जंगली च्याउ खाँदा दस जना विरामी परेका छन्। शुक्रबार जंगलमा गई च्याउ ल्याएर साँझ तरकारीको रुपमा खाँदा दस जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले जानकारी दिए।

शुक्रबार दिउँसो ४ बजे वर्ष ४६ की पार्वती थापा, वर्ष २४ की सरिता थापाले जंगलमा च्याउ खोजेर ल्याएका थिए। च्याउ खाएर विरामी पर्नेमा सोही ठाउँका २७ वर्षीया सविता थापा,  ६ वर्षीया जेनिशा थापा, ४५ वर्षीया पदुमाया मगर, ४ वर्षीष जेन्स थापा,  २६ वर्षीया बास्ना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, ६ वर्षीयय प्रिन्स थापा, २४ वर्षीया सरिता थापा र ४७ वर्षीय पदम थापा छन्। 

प्रहरीको अनुसार उनीको स्वास्थ्य अवस्था मध्यम छ।  विरामी परेकाहरुलाई दमौलीस्थित व्यास नगर अस्पतालपश्चात् थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा पठाइएको प्रहरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.