स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

जनकपुरधाम : धनुषामा स्कोरपियोको ठक्करबाट एकजनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका ६ तिनकैरियास्थित स्कारपियोको ठक्करबाट एक पुरुषको मृत्यु र अन्य  दुईजना घाइते भएको छन् । शनिबार बेलुकी साढे ७ बजेतिर जनकपुरबाट कमलातर्फ जाँदै गरेको बिआर.०पिबी–३९०२ नम्बरको भारतीय नम्बर प्लेटको स्कोरपियोले मानसिक सन्तुलन गुमाएका एकराही बस्ने अन्दाजी ३५ वर्षका बौका भन्ने हरीचन मण्डललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई तत्कालै एम्बुलेन्सबाट उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको जनाइएको छ । चालकलाई पक्राउ गरी प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ ।तर, गाडी धनीको नाम भने खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.