अर्घाखाँचीको छत्रदेवमा अध्यक्षकप भलिबल प्रतियोगीता
सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्दै समन्वय प्रमुख शर्माले राष्ट्रको लागि खेलकुद ,स्वास्थ्य लागि खेलकुद भन्ने नारालाई साथमा राखी उत्पादन मुलक खेल क्षेत्रमा गाउँपालिकाले काम गरेकोमा धन्यवाद दिए।
प्रतियोगितामा ८ वटा वडाका ८ टिमको सहभागीता रहेको छ । खेलमा प्रथम हुनेलाई ५० हजार दोस्रोलाई ३० हजार ,तेस्रो हुनेलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले गाउँपालिकामा निर्माण भएको रातापोखरा खेलमैदनमा जिल्ला स्तरका खेलाडी मात्र नभई छिमेकी जिल्ला गुल्मी,प्युठान लगायतका जिल्लाका खेलाडीहरुको लागि सोहि खेलमैदान प्रभावकारी हुने बताए ।
गाउँपालिकाले जिल्लामा रङ्गशालासहितको खेल मैदान निर्माण गरेको समेत दाबी गरेका छन् । प्रत्येक वडा वडामा पनि वडा स्तरमा खेलिने खेल मैदान निर्माण गरिसकेको गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठको भनाइ छ । यस्तै २२ गते बाट वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने समेत प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए ।