एमबीबीएस प्रवेश परीक्षा : नक्कली परीक्षार्थी सार्वजनिक

एमबीबीएस प्रवेश परीक्षा : नक्कली परीक्षार्थी सार्वजनिक

काठमाडौं : चिकित्सा शिक्षा आयोग भक्तपुरले सञ्चालन गरेको एमबीबीएस प्रवेश परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गर्दा पक्राउ परेका ५ जनालाई प्रहरीले आइतबार सार्वजनीक गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीका अमर पण्डित, सर्लाहीका अनिकेत चौधरी, सप्तरीका राम आषिस यादव, भारत विहारका ईस्तियाख अहमद र अन्यलाई परिक्षा दिन लगाउने महोत्तरीका सन्नीकुमार साह पक्राउ परेका हुन्। उनीहरुलाई परिक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकतासहित पक्राउ गरिएको हो।

अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उपत्यकास्थित सिसिआरसी कलेज, एम्वीसन कलेज, ग्रामर स्कुललगायतको परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका हुन्।

चिकित्सा शिक्षा स्नातक तहको चैत्र १८, २० र २१ गते तोकिएको एकीकृत प्रवेश परिक्षामा नक्कली परिक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा महानगरिय अपराध महाशाखाले अपरेसन ‘इ’को सञ्चालन गरेको थियो।

किष्ट कलेजमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत अमर पण्डित धनुषाका वृकेश कुमार यादवको नाममा परिक्षा दिँदै गरेको अवस्थामा सिसिआरसी कलेज कुमारीपाटीबाट पक्राउ परेका थिए। यस्तै किष्ट कलेजमै पढ्ने सर्लाहीका अनिकेत चौधरी धनुषाका आजिव कुमार यादवको नाममा परिक्षा दिँदै गरेको अवस्थामा सिसिआरसी कलेजबाटै पक्राउ परेका हुन्।

किष्ट कलेजमै तेस्रो वर्षमा अध्ययनरत राम आषिस यादव रुपन्देहीका स्मित सिंहको नाममा परिक्षा दिँदै गरेको अवस्थामा ग्रामर स्कुल कोटेश्वरबाट पक्राउ परे। यस्तै भारत विहारका ईस्तियाख अहमद महोत्तरीका सन्नी कुमार साहको नाममा परिक्षा दिँदै गरेको अवस्थामा एम्विसन कलेज बानेश्वरबाट पक्राउ परेका हुन्। सोहि स्थानबाट ईस्तियाखलाई परिक्षा दिन लगाउने सन्नी कुमार साह पनि पक्राउ परेका हुन्।

एसएसपी कुँवरका अनुसार विभिन्न कलेजमा नि:शुल्क छात्रबृतिमा एमबीबीएस पढीरहेका आर्थिकस्तर कमजोर भएका जेहेनदार विद्यार्थीलाई आर्थिक प्रलोभनमा पारेर प्रवेश परिक्षा दिन लगाउने गरेको खुलेको छ। कुवर भन्छन्, प्रारम्भिक अनुसन्धानबाट नक्कली परिक्षार्थी परिक्षामा सहभागी बनाउने समूहले नाम निकालेबापत २ लाख देखि १८ लाखसम्म रकम दिने प्रलोभनमा पारेको देखिन्छ। केहीलाई अग्रिम रकमसमेत दिएको खुलेको छ। मिल्दोजुल्दो अनुहार भएकालाई सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसि परिक्षा हलमा पठाउने गरेका थिए।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर काठमाण्डौ र भक्तपुर पठाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.