एक्कासी हराएकी महिला इनारमा अचेत अवस्थामा भेटिएपछि..

एक्कासी हराएकी महिला इनारमा अचेत अवस्थामा भेटिएपछि..

काठमाडौं : बुढानिलकन्ठको मित्रचोकमा एक महिलालाई इनारबाट उद्धार गरिएको छ। ५० फिट गहिरो इनारमा फसेकी ४५ वर्षीया पेमा शेर्पालाई इनारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको तातोपानी घर भएका उनी मित्रचोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्दै आएकी थिइन्। उनी सोमबार दिउँसो साढे २ बजेबाट हराइरहेकी थिइन्। हराएको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बुढानीलकको एक टोलीले खोजीकार्य तीव्र पारेको थियो।

खोज्दै जाँदा साँझ ६ बजे उनलाई सोही घरमा रहेको इनारभित्र अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयको विपद् व्यवस्थापन महाशाखाको टोलीले उनलाई उद्धार गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार १७ जनाको प्रहरी टोलीले पेमाको उद्धार गरेको थियो। पेमाको करुणा अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए। घटना सम्बन्घमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.